कानको जुली बेचेर डल बनाउने सिप सिकेकी मनिशा


जाजरकोट भेरी नगरपालिका–९ की मनिशा वि.क. २०७१ सालमा काठमाडौं गएकी थिईन् । मनिशा जाजरकोटबाट काठमाडौंमा नेपाल विद्युत प्राधिकरणको परीक्षा दिन उनी काठमाडौं पुगेकी हुन् । परीक्षा दिएपनि केहि समयसम्म उनी काठमाडौं नै बसेर पढिन् ।

उनको परीक्षा आफुले सोचेको जस्तो नभएको उनले बताईन् । परीक्षा राम्रो नभएपछि उनको मनमा अनेकौं कुरा खेल्न थाले । काठमाडौं जस्तो ठूलो सहरमा जीवनयापनका लागि पक्कै पनि सहज थिएन । उनी पढाईसँगै नयाँ–नयाँ कुरा जान्न पनि चाहन्थिन् । उनले भनिन्, ‘एक दिनको कुरा हो, मैले पत्रिका पनि हेर्ने गर्थे । त्यो दिन मैले पत्रिकामा कुशन डल बनाउने तालिमको सूचना देखँे, त्यस सूचनामा सम्पर्क नम्बर पनि राखेको थियो । त्यहि सम्पर्क नम्बरमा कल गरेर म तालिम सिक्न गए ।’

‘मलाई लाग्थ्यो यो तालिम सिकेपछि म जाजरकोट जान्छु र पसल पनि गर्छु । अनि जाजरकोटका महिलालाई पनि यो तालिम सिकाउँछु र आम्दानीको स्रोत पनि हुन्छ ।’ तर मनिशा वि.क. को जीवनमा उनले सोचेको जस्तो सहज थिएन् । उनले तालिम सिक्नलाई आर्थिकको पनि त्यत्तिकै समस्या थियो । मनिशालाई आर्थिक जुटाउन समस्या भयो ।

‘मनले आँटेर त के गर्नु पैसा भएन भने धेरै नै गाह्रो हुँदो रहेछ’ मनिशाले भनिन्, ‘पैसा जुटाउँन समस्या भयो । मलाई जसरी नी तालिम सिक्नु थियो । मेरो अन्तिम उपाय भनेको मेरो कानको जुली बेच्नु हो । मैले मेरो कानको जुली बेचेर कुशन डल बनाउँने तालिम सिकेको हुँ ।’ उनले कुशन डलको तालिम ७ दिन मात्र लिएकी हुन । सात दिनको कुशन डल बनाउने तालिम लिनलाई ११ हजार रुपैयाँ तिरेर लिएको उनले बताइन् । गाह्रो भन्ने त के मा पो थिएनर पढे परीक्षा बिर्गदा तनाव भयो अनि सिप सिक्छु भनेर नै यो पेसामा लागेको उलने बताईन् ।

उनको सात दिनको तालिम पनि सकियो । उनी काठमाडौंमा भाँडामा कोठालिएर नै बसेकि थिईन् । मनिशा तालिम सक्ने बित्तिकै घर फर्किएकी थिईनिन् । २०७२ साल वैशाख १२ गते आएको भूकम्प उनले सम्झिन्, ‘२०७२ साल भूकम्प गयो । मैले कुशन डल बनाउँने सामान किनेकि पनि थिएँ, मेरो सबै सामान भूकम्प जादाँ पुरियो । म भने त्यसबेला बाँच्न सफल भएकी हुँ ।’ आफुले कुशन डल बनाउन प्रयोग गर्ने सामान सबै पुरिएपछि उनले अरु केहि गर्न सकिनन् ।
२० हजार लगानीबाट शुरु
उनले कर्णाली डल कुशन उद्योग तथा लघु औद्योगिक ग्राम नाममा उद्योग दर्ता गरी सञ्चालन गरेकी छिन् । उनललाई उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कर्णाली प्रदेशको बारे एक जना दिदिले बताएकी थिईन् ।

दिदिको सल्लाह अनुसार नै उनले उद्योग दर्ता गरेकी हुन् । उनी सुर्खेत आएर उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कर्णाली प्रदेशको एक सटरमा नै उद्योग संचालन गर्दै आईरहेकी छिन् । छोराछोरी पढाउँदै आफ्नो सिपलाई पनि निरन्तरता दिनको लागि उनी सुर्खेत आएको बताईन् । सुर्खेत आएको एक बर्ष मात्रै भएको उनले जानकारी दिईन् । सटरमा उद्योग सञ्चालन गर्नको लागि पाँच वर्षको कार्यकाल रहेको र महिनामा दुई हजार रुपैयाँ तिर्ने गरेको उनको भनाई छ ।

उनले आफुले बनाउने सामानको मुल्य ५० देखि ३५ सय रुपैयाँसम्ममा विक्रि वितरण गर्ने गरेको उनले जानकारी दिए । उनले खरायो, गनेश, कुकुर, विरालो, रेड पाण्डा, भालु, जरायो, हात्ती, पुतलीलगाएतका डलका सामाग्रि बनाउने गरेको बताईन् ।

उनका अनुसार दिनमा २० वटा सम्म फरक–फरक डल बनाउन सकिनेछ । डल तथा कुशन बनाउनको लागि २०–२० हजार रुपैयाँका दुई वटा मेसिन भएको जानकारी दिईन् । अझ आफुलाई मेसिनको आवश्यकता रहेको र नयाँ–नयाँ डिजाईनको लागि तालिको आवश्यक रहेको उनको भनाई छ । उनले भनिन्, ‘सरकारले केहि अनुदानमा तालिम मिलाईदिए आफ्नो सिपमा सहयोग पुग्ने थियो ।’

तेस्रो कर्णाली एक्स्पो–२०८० को महोत्सवमा ८० हजार रुपैयाँको सामान विक्रि गरेको उनले जानकारी दिइन । ‘अहिले पछिल्लो समय व्यापार–व्यवसाय निराशाजनक रहेको छ’ उनले भनिन् ‘जेनतेन परिवारको खर्च धानिरहेको व्यवसायबाट पछिल्लो समय मनग्य उपलब्धि हुन सकेको छैन् ।’ एकातर्फ परिवारको आर्थिक जिम्मेवारी त अर्कोतर्फ बालबच्चाको पोषण र शिक्षा दीक्षाको आवश्यक पर्छ । सानोतिनो पूँजीले सञ्चालित व्यापार व्यवसाय अहिले सङ्कटको भूमरीमा त परेको छ । यसलाई निरन्तरता दिएर प्रशिक्षक बन्ने मनिशाको चाहाना समेत रहेको छ ।

फेसबुकबाटै सिराहा बिहे
मनिशाले सामाजिक संजाल फेसबुक चलाउने क्रममा उनको सिराहा जिल्लाको मुस्लिम समुदायका एक पुरुषसँग उनको कुराकानी हुन थाल्यो । विस्तारै सामाजिक सञ्जाल फेसबुक मै उनीहरुबीचको कुराकानी लम्बिदै गयो । उनीहरुले बिहे पनि गरे ।

मनिशा विकको एक छोरा र एक छोरी पनि छन् । बिहे भएपनि उनी काठमाडौं नै बसेकि थिईन् । छोराछोरी भएपछि उनलाई काठमाडौं बस्न मन लागेन् । बरु गाउँमै गएर छोराछोरी हुर्काउँछु भनी घर फर्किन् ।

उनले आफ्ना दुई छोराछोरी जाजरकोटमा नै हुर्काएको बताईन् । धर्म फरक भएका कारण पनि दुई जना बिच राम्रो सम्बन्ध नभएको उनले बताईन् । उनले भनिन्, ‘अहिले त हाम्रो कुराकानी नभएको पनि एक बर्ष भयो । मैले छोराछोरीको खर्च आफै हेर्ने गरेको छु । मेरो छोराछोरीको जन्मदर्ता गराएको छैन् मैले मेरो नामबाट नै गराउने सोच गरेको छु ।’

तपाईको प्रतिक्रिया