सल्यान पश्चिमको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ४ मा आइतबार विहान जघन्य घटना घटेको छ । नगरपालिकाको वडा नं.४ देउलीमा घर भएका अन्दाजी वर्ष ३४ का मनोज वुढाले अन्दाजी वर्ष ३२ कि कमला वुढा आफ्नै श्रीमतिको हत्या गरेका छन् ।
धारिलो हतियारले टाउको काटेर तर्सलामा टाउको राखेको भेटिएको स्थानीय जनप्रतिनिधिले जानकारी छन् । श्रीमतिको हत्या गरेपछि उनी भने घर पछाडि दलिनमा झुन्डिएर हत्या गरेको अवस्थामा फेला परेको जनाइएको छ । प्रहरी घटना स्थलमा पुगिसकेकाले थप विवरण आउन बाँकी रहेको छ । विहान पख आमा काटेपछि छोराछोरी रुदै भागेका वडा अध्यक्ष पुष्कर वुढाले जानकारी दिए ।
दुर्गा विसी । सुर्खेत । ३० बैशाख २०८१, आईतवार ०९:४२