कानून बनाउँदा सहकार्य गरौं

 

सुर्खेत : कानून बनाउदा तीनको सरकारबीच समन्वय हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

नगारिक संवाद केन्द्रले वीरेन्द्रनगरमा गरेको कार्यक्रमका सहभागीहरुले तीन तहका सरकारबीच समन्वय गरेर कानून निर्माण गर्न सुझाव दिएका हुन । सहभागीले तीन तहका सरकारबीच नै फरक–फरक कानून निर्माण हुदाँ कानूनी समस्या आउने गरेको बताए ।

प्रदेश सरकारले विभिन्न विधेयक बनाउने तर कार्यान्वयान नगर्दा समस्या हुने गरेको उल्लेख गरे । सहभागीहरुले कानुनी अभ्यासवारे राजनीतिकदल र पत्रकारलाई पनि जानकारी गराउन सके राम्रो अभ्यासको सुरु हुने बताए ।

कार्यक्रममा प्रदेश सभा सचिवालय सामाजिक विकास समितिका सचिव राजेन्द्र पौडेलले कर्णाली प्रदेशसभा ३७ वटा विधेक दर्ता भएको जानकारी दिए ।
उनले अहिले प्रदेशसभा सञ्चालन नभएको भन्दै २० वटा विधेयक प्रमाणिक भएको भन्दै बाकी ४ वटा विधेयक विचारधिन रहेको बताए ।

तपाईको प्रतिक्रिया