राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३५ औं बार्षिकोत्सवका अवसरमा शुभकामना आदान प्रदान तथा मानव सेवा आश्रमका आश्रितलाई भोजन प्रदान गरिएको छ । राष्ट्रिय बाणिज्य बैक कर्मचारी संघ नेपाल कर्णाली प्रदेश समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।
पेशागत महासंघका केन्द्रिय सचिव शिव प्रसाद सपकोटाको प्रमुख आतिथ्यता तथा महासंघका स्थायी समिति सदस्य डोर प्रसाद उपाध्यायको विशेष आतिथ्यता र बिफु नेपालको कर्णाली प्रदेश समिति अध्यक्ष प्रदिप शर्मा र संघका केन्द्रिय सदस्य, शाखा प्रबन्धक र अन्य कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
संघका प्रदेश समिति अध्यक्ष चन्द्र प्रकाश बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमकै अवसरमा मोटरसाइकल दुर्घटना परी उपचाररत संघका केन्द्रिय सदस्य पूर्ण प्रसाद उपाध्यायलाई ५० हजारको चेक हस्तान्तरण गरिएको थियो । संघको ३५ औ बार्षिकोत्सवको उपलक्षमा मानव सेवा आश्रमका ७४ जना आश्रितहरुलाई भोजन कार्यक्रम पनि गरिएको थियो ।
युग संवाददाता । सुर्खेत । ६ श्रावण २०८१, आईतवार २०:१५