२०८१ चैत्र ४
×

Now Playing

व्यावसायिक र व्यक्तिगत खाताका लागि इसेवाको एउटै एप

इसेवा वालेटले यस वर्ष आफ्ना मर्चेन्टका लागि विशेष सेवा लिएर आएको छ । यसले नेपालको डिजिटल वालेटको क्षेत्रमा नयाँ आयामको सिर्जना गरेको कम्पनीको दावी छ ।

इसेवासँग आवद्ध भएका मर्चेन्टहरुले आफ्नो व्यावसायिक र व्यक्तिगत खातामा लिंक गर्न सक्नेछन् । पहिले नेपालका व्यवसायीले व्यापार व्यवसायका लागि एउटा मोबाइल एप तथा व्यक्तिगत प्रयोजनका लागि अर्को गरेर छुट्टा छुट्टै खाता प्रयोग गर्नुपर्ने अवस्था थियो ।

इसेवाको मर्चेन्ट लिंक सेवा आएसँगै अब नेपालमै पहिलो पटक व्यावसायिक खाता र व्यक्तिगत खाताका लागि प्रयोग गर्न सकिने एउटै एप इसेवाले बनाएको छ । यसबाट प्रयोगकर्ता÷मर्चेन्टहरुले सजिलै भुक्तानी तथा कारोबारको सरल रुपमा एपबाट निगरानी राख्न सक्नेछन् ।

भुक्तानीको सूचना इसेवा एपको नोटिफिकेसनमार्फत पाउन सक्नेछन् भने आफ्नो खातामा लिंक गरिएको मर्चेन्ट खाताको फोनपे क्यूआरमार्फत व्यवसायमा हुने भुक्तानी पनि एपबाटै लिन सक्नेछन् । त्यसका साथै मर्चेन्ट खातामा लिंक गरिएको सेटलमेन्ट बैंक खाताबाट सरल रुपमा पैसा निकाल्न पनि सकिने कम्पनीको भनाइ छ । यी सम्पूर्ण विशेषताको प्रयोग अब सरल रुपमा एउटै एपबाट प्रयोग गर्न सकिने छ ।

यस सुविधाले व्यवसायीलाई समयको बचतसँगै वित्तीय व्यवस्थापनमा थप सहजता प्रदान गर्ने इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले बताए ।