२०८१ चैत्र ३
×

Now Playing

प्रतिष्ठानमा ईएमआरसहितको नेत्ररोग विभाग संचालनमा


जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ईएमआरसहितको नेत्ररोग विभाग सञ्चालनमा ल्याइएको छ। कर्णाली स्वास्थ्य प्रतिष्ठानअन्तर्गत नेत्ररोग विभाग गठन गरी सेवा सञ्चालनमा ल्याइएको हो । आइतबार वरिष्ठ नेत्ररोग डाक्टर सन्दुक रुइतले विभागको औपचारिक उद्वघाटन गरेका छन्।

काठमाडौंको तिलगंगा आँखा अस्पताल, फ्रेड हलोस फाउण्डेशन र विश्व स्वास्थ्य संगठनको सहयोगमा प्रतिष्ठानले अत्याधुनिक उपकरणहरुसहित नेत्ररोग विभाग सञ्चालनमा ल्याएको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए।यता डा सन्दुकले कर्णालीमा दुई हजार जनाको आँखाको शल्याक्रिया गरिने बताए ।

‘अबको एक वर्षमा कर्णालीका गाउँका कुनाकुनासम्म नेत्र विशेषज्ञ सेवा पु¥याउँछौँ,’ डा सन्दुकले भने, ‘कर्णालीका विभिन्न जिल्लामा आँखाको उपचार गर्ने उदेश्य राखेका छौं ।सरकारले ठूला भवनमात्र लगानी गरेको छ । हार्डवेयरलाई ध्यान दिँदै सफ्टवेयरलाई महत्व दिन आवश्यक छ ।’ उनले स्वास्थ्य क्षेत्रमा मेडिकल सेवा असाध्यै राम्रो सेवा भएको बताए । ‘पछिल्लो समयमा कर्णालीले स्वास्थ्यका नायकहरु उत्पादन गरिरहेको छ । स्वाथ्य क्षेत्रमा मेडिकल सेवा असाध्यै राम्रो सेवा छ ।

तपाईहरू सपना बुन्नुहोस्, सपना स्वच्छ हुनुपर्छ, आफ्नो पेशालाई मन पराउनुहोस्, अनि पेशाले हजुरहरुलाई मन पराउने छ,’ रुइतले भने ।यस्तै स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कर्णालीमा पढेको भनेर आत्मबल कम्जोर गर्न नहुने बताए। कर्णालीको पहिचान गुमाउने अवस्था आउन नदिन प्रतिष्ठानलाई सुझाव दिए।प्रतिष्ठानको शिर उच्च बनाउन अपिल गरे। ‘कर्णालीको प्रतिष्ठाको विषय बनेको छ कर्णाली प्रतिष्ठान,’ उनले भने, ‘प्रतिष्ठानलाई कर्णालीको पहिचान बनाउनुहोस् ।’ राष्ट्रिय योजना आयोगका सदस्य आरपी बिछाले राज्ययलाई कर्णालीले सधैं माग्छ भन्ने भ्रम तोडिएको बताए । ‘अब माग्ने हैन, कर्णालीले दिने छ,’ उनले भने, ‘संघको विकल्पको रुपमा कर्णाली प्रतिष्ठान तयार भएको छ । यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले कर्णालीमा आउजाउ गर्न निकै समस्या देखिएको भएपनि प्रतिष्ठानको सेवा निरन्तर चलिरहेको बताए।यसको लागि सबै सहयोग आवश्यकता छ।’

प्रतिष्ठानमा ईएमआरसहितको नेत्ररोग विभाग संचालनमा

YUGAAWHAN NATIONAL DAILY (2081-05-24)