किन लापारवाही दोहो¥र्याउँछ प्रदेश अस्पताल ? सर्मिला मृत्युको कारण अँझै बताइएन

फोटो: न्याय माग्दै आन्दोलनरत पीडित पक्ष ।

प्रसुति सेवा लिन कर्णाली प्रदेश अस्पताल सुर्खेत पुगेकि १९ बर्षिया सर्मिला सुनारको यही असोज ६ गते राती अस्पतालमै मृत्यु भयो । वीरेन्द्रनगर नगरपालिका–६ निवासी मृतक सर्मिलालाई सुत्केरी व्यथाले च्यापेपछि आइतबार दिउसो नै अस्पताल पु¥र्याइएको थियो ।

अस्पतालमा प्रसुति सेवा लिनेक्रममै सर्मिलाको मृत्युभएपछि डाक्टरले लापारवाही गरेको भन्दै सोमबारदेखि उनका आफन्त आन्दोलित छन् । तर सर्मिलाको मृत्यु भएको चार दिन (बुधबार) सम्म पनि अस्पतालले मृत्युको कारणबारे आधिकारीक जानकारी दिएको छैन । मृत्युको कारणबारे आधिकारीक जानकारीका लागि अस्पतालले विज्ञप्तिसम्म निकालेको छैन ।

एकातिर पीडित परिवारले शव नबुझेर आन्दोलन जारी राखेका छन् । भने अर्कोतिर अस्पताल पीडितको गतिविधि हेरेर बसिरहेको छ । जसले गर्दा अस्पतालमाथि यसअघि पनि लाग्दै आएका आरोप सहि हुन् कि ? भन्ने आम जनमानसमा सोच बढ्दै गएको छ । भने मृतक सर्मिलाका आफन्तले न्याय माग्दै असपतालको सेवा प्रवाहबारे विरोध गरिरहेका छन् ।

‘मान्छे मार्न पाइदैन, प्रदेश अस्पताल चाहिदैन’ भन्दै बुधबार पीडित पक्षले वीरेन्द्रनगर बजार क्षेत्रमा नाराबाजी गर्दै जिल्ला प्रशासनसम्म पुगे । डाक्टरहरूको लापरवाहीका कारण सर्मिलाको मृत्यु भएको दावी गर्दै पीडित पक्षले छानविन गरेर दोषिमाथि कारवाही गर्न माग गरेका छन् ।

पीडित परिवारका सदस्य दिपेन्द्र विश्वकर्माले सर्मिलाको न्यायको लागि लडिरहने र आन्दोलन जारी राख्ने बताए । उनका अनुसार सुत्केरीलाई व्यथालागेपछि प्रदेश अस्पताल पु¥याइएको थियो ।

‘त्यो बेला अस्पतालका डाक्टरहरूले बच्चालाई बचाउन नसकिने तर आमालाई बचाउन सकिने बताएका थिए’ दिपेन्द्रले भने, ‘हामीले सुत्केरीलाई नेपालगंज र।ेफर गर्न आग्रह गरेपनि डाक्टरहरूले अस्पतालमै उपचार हुने भन्दै अस्वीकार गरेका थिए । पछि सुत्केरीलाई इमरजेन्सीमा पु¥याएपछि राती ११/१२ बजेसम्म भेट्न दिइएन छ । डाक्टरहरूले राति १२ बजे बच्चाको मृत्यु भएको जानकारी दिए भने सुत्केरीलाई आईसियुमा राख्ने बताएका थिए ।’

तर पीडित परिवारका अनुसार राती १०÷११ बजेतिर नै सुत्केरीको मृत्यु भएको आशंका छ । डाक्टरहरूको लापरबाहीका कारण नै सुत्केरीको मृत्यु भएको दलित संघका अधिकारी गम्भीर सिंह भुलको पनि दावी छ ।

यता गएको भदौ ३१ गते प्रदेश अस्पतालमै कार्यरत एक महिला डाक्टरले सुर्खेतको एक निजी अस्पतालमा गर्भवतीको शल्यक्रिया गराउँदा बच्चाको आँखा, कान, नाक र टाउको काटिनसक्छ उहाँहरुलाई राम्रोसँग हस्ताक्षर गराउँ भन्दै विरामीका आफन्तलाई हत्तोसाइत बनाएको घटनाबाट पनि प्रदेश अस्पतालका डाक्टरको क्षमताप्रति आशंका बढाएको छ ।

प्रदेश अस्पतालमा कार्यरत डाक्टरहरुले नै विरामीलाई निजी अस्पतालमा सेवा राम्रो भएको र उतै जान उस्काउने गरेका समेत धेरै विवरण भेटिन्छन् । जसले गर्दा पनि प्रदेश अस्पतालमा हुने मत्यु घटनामा डाक्टरकै लापावाही हो भन्ने आम जनमानसमा धारणा बसेको छ । यसतर्फ प्रदेश अस्पताल सचेत छैन ।

छानविन समिति बनाउन तयार

सर्मिला मृत्यु घटनाको छानविनका लागि समिति बनाउन तयार रहेको अस्पतालले जनाएको छ । उक्त घटनाको सन्दर्भमा अस्पतालको लापारवाही नरहेको भन्दै पीडित पक्षको माग अनुसार छानविनका लागि समिति बनाउन तयार रहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रदेश अस्पतालका मेडिकल रेकर्डर तथा सूचना अधिकारी विनोद बस्नेतका अनुसार पीडित पक्षलाई आन्दोलनको साटो सहमतिमा आएर छानविन समिति बनाई अनुसन्धानको काम गर्न दिन अनु्रोध गरिएको छ ।

‘छानविन भएको खण्डमा अनुसन्धानबाट दोषि ठहरीए कानुन बमोजिम कारवाही हुन्छ । तर छानविन नै नगरी दोषि भन्न मिल्दैन’ उनले भने, ‘सर्मिलाको मृत्यु हुनुमा डाक्टरहरुको लापारवाही नभई उनकै स्वास्थ्यमा देखिएको जटिलताको कारण हो ।’

उनका अनु्सार स्वास्थ्यमा समस्या आएपछि ६ गते दिउसो सर्मिला अस्पताल पुगेकि थिइन । त्यो बेला नै उनलाई ज्वरो आइरहेको थियो । चेकजाँच गर्दा एकातिर डेंगी रोग संक्रमण भएको पृष्टि भयो । भने अर्कोतिर पेटमा बच्चाको पनि धड्कन थिएन ।

सर्मिलालाई अस्पतालमा भर्ना गरेको केहि समयपछि नर्मल सुत्केरी भइन । तर मृत्यु बच्चा जन्मिएको थियो । टाँका लगाउने क्रममा धेरै रगत बगेपछि सर्मिला बेहोस भएकि थिइन । त्यसपछि सर्मिलालाई बचाउन आइसियूमा राखिएको थियो । अन्तत ः सर्मिलालाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । तर अस्पतालप्रति पीडित पक्षले अनेक प्रश्न तेस्र्याइरहेका बेला उक्त कुरा विज्ञप्ति मार्फत जानकारी दिन अस्पताल पछिपरेको छ ।

यी हुन अस्पतालका लापारवाही घटना

स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट भनिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा विरामीमाथि पटक–पटक लापारवाही घटना घट्ने गरेका छन् । जसले गर्दा अस्पतालमै सुरक्षित नरहेको विरामीप्रति नकरात्मक सोच बढ्दै गएको छ ।

पछिल्लो समय कर्णालीको स्वास्थ्य मेरुदण्ड मानिएको प्रदेश अस्पताल विवादमा तानिदै जान थालेको छ । जो विभिन्न समयमा हुने बिरामीको मृत्यु र आफन्तले लगाउने आरोपले पनि पुष्टि गर्छ । उपचारका लागि अस्पताल आउने बिरामीको मृत्यु भएपछि आफन्तले लगाउने आरोपका सन्दर्भमा प्रदेश अस्पतालले त्यस्ता घटनामा अनुसन्धान गरी चित्तबुझ्दो जवाफ सार्वजनिक गर्न नसक्नु अस्पतालको ठूलो कमजोरी हो ।

किन लापारवाही दोहो¥र्याइरहन्छ प्रदेश अस्पताल ? अस्पतालको लापवाहीले मृत्युवरण गरेको भनी आफन्तद्वारा आरोप लगाइएका केहि प्रतिनिधिमूलक घटना देखाउन खोजिएको छ ।

घटना–१

२२ असोज २०७८ मा दैलेखको नारायण नगरपालिका– ४ की साढे दुई वर्षीया बालिका कसुम कटुवाल प्रदेश अस्पतालमा भर्ना भइन् । नाकमा मकैको दाना अड्किएर श्वासप्रश्वासमा समस्या आएपछि थप जटिलता नहोस् भनेर परिवारले जिल्ला अस्पताल दैलेख पु¥याएका थिए ।

तर दैलेख अस्पतालमा उक्त मकैको दाना निकाल्ने औजार नभएपछि प्रदेश अस्पताल सुर्खेतमा रेफर गरिएको थियो । परिवारका सदस्यले कुसुमको सहज उपचार हुने आशासहित प्रदेश अस्पताल पु¥याएका थिए । किन भने प्रदेश अस्पतालमा स्तरीय उपचार हुने दाबी गरिएको थियो । अस्पताल भर्ना गरिएकी कसुमलाई खासै समस्या नरहेको तर नाकमा अड्किएको मकैको दाना निकाल्न असहज भएको र आईसीयू खाली नभएको भन्दै अस्पतालले त्रिवि शिक्षण अस्पताल लैजान सुझाएको थियो ।

यद्यपि आईसीयू खाली भएमा प्रदेश अस्पतालमै उपचार हुने आश्वासन अस्पतालले दियो । अस्पतालको आश्वासनमा परेका परिवारले नजिकै उपचार हुन्छ भने किन काठमाडौं लैजाने भन्दै आईसीयू खाली हुने आशामा बसे । तर २३ असोज २०७८ को राति कुसुमको उपचारमा संलग्न चिकित्सकहरूले अकस्मात् उनको मृत्युको घोषणा गरिदिए ।

एकछिनअघिसम्म बोलचाल गर्ने बालिकाको एक्कासि मृत्यु भएको खबर पाएपछि आफन्तहरू अचम्मित भए । डाक्टरको लापवाहीले मृत्यु भएको भन्दै आफन्तले विरोध जनाए । तर अस्पताल मान्न तयार भएन । आक्रोशित आफन्तले अस्पतालभित्रका भौतिक संरचना तोडफोड गरे । बालिकाको उपचारका क्रममा ओभर डोज औषधि प्रयोग गरिएको आफन्तको आरोप थियो । उतिबेला बालिकाको अप्रेसन गर्नुअघि बेहोस बनाउन लगाइने एनेस्थेसिया औषधिको मात्रा बढी दिएपछि मृत्यु भएको आफन्तको आरोप थियो ।

तर अस्पतालले बालिकाका आफन्तले गरेको दाबीको प्रतिवाद गर्न न अनुसन्धान रिपोर्ट सार्वजनिक गर्न सक्यो, न त मृत्युको कारण नै । उतिबेला अस्पतालले बालिकाको मृत्यु प्रकरणमा कुनै पनि अनुसन्धान रिपोर्ट सार्वजनिक नै नगरी घटना थामथुम पारेको आफन्तले अझै पनि आरोप लगाउने गरेका छन् ।

घटना–२

२९ भदौ २०८० मा सुर्खेतको पञ्चपुरी नगरपालिका– २, स्थायी ठेगाना भई वीरेन्द्रनगर नगरपालिका– ४ मा बस्दै आएकी जानकी रेग्मीलाई सुत्केरी ब्यथाले च्यापेपछि प्रदेश अस्पतालको प्रसूति वार्डमा भर्ना गरियो । उनी सोही दिन प्रसूति वार्डमा सुत्केरी भइन् । सुत्केरी भएपश्चात् एक्कासि समस्या देखा परेपछि उनलाई अप्रेसन वार्डमा लगेर शल्यक्रिया गरियो । तर ३१ भदौमा अस्पतालले उनलाई एक्कासि मृत्युको घोषणा गरिदियो ।

‘छोरा जन्मेपछि बुहारीलाई जनरल वार्डमा राखियो, त्यतिबेलासम्म अवस्था सामान्य थियो,’ मृतक जानकीका ससुरा तिलकराम अधिकारी भन्छन्, ‘छोरालाई दूधसमेत खुवाएकी थिइन्, सोही वार्डमा एक्कासि बेहोस भइन्, अनि उनलाई आईसीयूमा राखियो । आईसीयूमा राखिएकी बुहारीलाई अस्पतालले एक्कासि मृत घोषणा गरिदियो ।’

बच्चा जन्माएको २४ घण्टामा सुत्केरीको मृत्यु हुनु अस्पतालको लापर्वाही प्रमुख कारण रहेको अधिकारीको बुझाइ छ । अस्पतालले सुत्केरी अवस्थामा गरिने अप्रेसनमा विरलै घट्ने नयाँ घटना भएको जवाफ दिएपनि आफन्तहरुले अस्पतालको लापवाहीले नै सुत्केरीको मृत्यु भएको दाबी गरे ।
घटना–३

घटना २८ चैत २०८० को हो । पश्चिम दैलेखको आठबिस नगरपालिका– ५, पीपलकोटकी २२ वर्षीया भिमा गुरुङ बलामी पेट दुखेको भन्दै उपचारका लागि सुर्खेत आइन् । उनी सामान्य चेकजाँचका लागि मात्रै सुर्खेत आएकी थिइन् ।

वीरेन्द्रनगरको एक निजी अस्पतालमा सामान्य चेकजाँच गराउँदा पाठेघरमा केही समस्या भएको देखियो । त्यसपश्चात् उनी देशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल जाने निधो गरिन् ।

बुधबार बिहानै उनी अस्पताल भर्ना भएकी उनी हिँडेरै अस्पताल पुगेकी थिइन् । अस्पतालमा चेकजाँच गराउँदा चार महिनाअघि प्रसूति गराउँदा बखत पाठेघरमा केही सालनाल रहेको चिकित्सकहरूले जानकारी दिए । भिमाको पेटमा केही महिनाको बच्चासमेत थियो ।

अप्रेसन गरेर पाठेघर सफा गर्नुपर्छ भनेका चिकित्सकले भिमालाई एक्कासि केही समयपछि नै मृत घोषणा गरिदिएपछि उनका आफन्तले २० दिन बढि वीरेन्द्रनगरमा आन्दोलन गरे । घटनाको विरोधमा दैलेखको आठबिस नगरपालिका–५, स्थित कर्णाली राजमार्ग समेत अवरुद्ध गरेर आन्दोलन जारी राखेका थिए ।

दोषिमाथि कारवाही र न्यायको माग गर्दै मृतकका आफन्त अदालतको ढोकासम्म पुगे । तर न्याय पाउन नसको मृतकका जेठाजु हर्क बलामीले बताए । उनले भने, ‘यसरी लापारवाही गरेर अकालमा ज्यान लिनेलाई अब भगवान ले नै सजाय दिनेछन् ।’

तपाईको प्रतिक्रिया