जुवा खेलेको आरोपमा शुक्रबार तुलसीपुरमा आठ जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१५कोठरीस्थित चेतनारायण धितालको घरमा जुवा खेलिरहेको अबस्थामा १ लाख ७२ हजार ५ सय ८५ नगद्सहित आठ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा तुलसीपुर–१४ का ३० वर्षीय अनिल नेपाली, ४९ वर्षीय बल बहादुर बस्नेत, ४० वर्षीय मधुकर बस्नेत र रून्टीगढी गाउँपालिका–२ रोल्पाका ४६ वर्षीय रूपलाल बिक छन् ।
यसैगरी तुलसीपुर–१५ का ४९ वर्षीय सुवास धिताल, घोराहीउपमहानगरपालिका–९ का ४३ वर्षीय बालाराम पौडेल, घोराही–१८ का २९ वर्षीय दिनेश बिक र घोराही–१५ का ३७ वर्षीय बसन्तराज अधिकारी पक्राउ परेका छन् ।
उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी इश्वर थापालेबताए ।
युग संवाददाता । दाङ । १९ आश्विन २०८१, शनिबार १४:२४