सल्यानको सल्लिबजारमा बजार अनुगमन गर्दा थुप्रै म्याद गुर्जेको खाद्य पदार्थ फेला परेको छ । पसल दर्ता,नविकरण र म्याद गुर्जेका सामग्री बिक्रीवितरणमा कडाइ गरिएको छ ।
साथै सम्बन्धित व्यापारीलाई अनुगमन टोलिले सचेत समेत पारेको छ । कस्मेटिक पसल,खाद्य पसल,मेडिकल र एग्रोभेट पसलहरुको अनुगमन गरिएको थियो । कति ठाउँमा व्यापारीलाई एकपटक लगि सचेत समेत पारिएको छ ।
बजार अनुगमनमा उपभोक्त हित संरक्षण तथा उद्योग कार्यालय सल्यानका प्रमुख श्याम लाल खराल,ईलाका प्रहरी कार्यालय सल्लिवजारका इन्चार्ज दिनेश विष्ट,जिल्ला प्रशासन कार्यालय सल्यानका कर अधिकृत मुकेश थापा,उद्योग कार्यालयकै ध्रुव वहादुर खत्री,बनगाड कुपिण्डे नगरपालिका सल्यानका प्रतिनिधि वालाराम वास्तोला र उद्योग वाणिज्य संघ सल्यानका सदस्य दिलिप वलि लगाएतको टिमले वजार अनुगमन गरेको थियोे । अनुगमन पश्चात् वरामद भएको सामग्री नष्ट समेत गरिएको थियोे ।
दुर्गा विसी । सल्यान । २३ आश्विन २०८१, बुधबार ०९:३४