होमक्वारेन्टाइनमा बसेका युवकको मृत्यु

सुर्खेत, ८ असार ।
जिल्लामा होमक्वारेन्टाइनमा बसेका युवकको संकास्पद मृत्यु भएको छ । जिल्लाको भेरीगंगा नगरपालिका–५ भर्रेनीका एक युवकको आइतबार बिहान संकास्पद मृत्यु भएको हो । कोरोना संक्रमणको आशंकामा मृतक युवकको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।

नगर स्वास्थ्य इञ्चार्ज राजेश बुढाका अनुसार पीसीआर रिपोर्ट आएपछि मात्रै मृतकको दाहसंस्कार गरिने छ । मृतक युवा छिन्चुमा रहेको शारदा माध्यामिक विद्यालयस्थित क्वारेन्टाइनमा १४ दिन बसेर होम क्वारेन्टाइनमा बस्नका लागि जेठ २९ गते घर फर्किए थिए । भेरीगंगा नगरपालिकाका उपमेयर रेणु आचार्यका अनुसार मृतक युवकको आरडीटी परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । उनी जेठ १६ गते भारतबाट फर्किएका थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननीधि वाग्लेका अनुसार मृतक युवालाई झाडापखालाको समस्या देखिएको थियो । कोरोना संक्रमण देशभर बढेसँगै कर्णालीका सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार रुकुमपश्चिमको मुसिकोट नगरपालिका ११ का ३३ वर्षिया पुरुषमा संक्रण पुष्टी भएसँगै कोरोना प्रदेशभर फैलिएको हो । आइतबार कर्णालीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

तपाईको प्रतिक्रिया