आत्मघाती गोलले डुब्यो संकटा

विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ ।

एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा बुधबार भएको खेलमा पुलिसले संकटा क्लबलाई २–१ गोलले हरायो । जारी लिगमा पुलिसको यो दोस्रो जित हो । पुलिसको जितमा सुमन लामाले एक गोल गरे ।

पुलिसले अर्को गोल संकटाबाट आत्मघाती उपहार पाएको थियो । संकटाका अमित तामाङले सान्त्वना गोल फर्काए । पुलिसले आत्मघाती गोल सहयोगमै सुरुवाती अग्रता लिएको थियो । १५ औं मिनेटमा संकटाका अमित तामाङले आत्मघाती गोल गरेका थिए ।

त्यसपछि १८ औं मिनेटमा उनै अमितले पेनाल्टीमा गोल गर्दै संकटालाई बराबरीमा ल्याए । डिबक्स भित्र पुलिसका रक्षकले ह्यान्ड गरेपछि संकटाले पेनाल्टीको मौका पाएको थियो । ३३ औं मिनेटमा पुलिसका सुमन लामाले गोलगर्दै टोलीलाई अग्रता दिलाए ।

उनले सौजन राईको पासमा गोल गरेका थिए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा सुमनको त्यही गोनलै पुलिसको जितमा निर्णायक बन्यो । जितसँगै पुलिसले चार खेलबाट सात अंक बनाएको छ । संकटाले समान खेलकाट चार अंक बनाएको छ ।

तपाईको प्रतिक्रिया