गत वर्ष १७ कार्तिकमा आएको भूकम्पले क्षति पु¥याएका विद्यालय र स्वास्थ्य संस्थाहरु पुनर्निर्माण हुने भएका छन् । कर्णाली भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालय तथा सरकारी स्वास्थ्य संस्था पूननिर्माणका लागि छनोट गरेको हो । चालू आर्थिक वर्षको २०८१/०८२ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालय तथा सरकारी स्वास्थ्य संस्थाको पुनःनिर्माण गर्न लागेको छ ।
भूकम्पबाट क्षतिग्रस्त भवन पूननिर्माण कार्यक्रम संचालन कार्यविधि, २०८१ अनुसार जिल्लाबाट सिफारिस समितिबाट सिफारिस भई आएका सामुदायिक विद्यालय तथा स्वास्थ्य संस्थाहरुमध्ये पुर्ननिर्माणको काम अगाडी बढाउनका लागि कर्णाली भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले निर्देशन गरेको हो ।
भूकम्पमा क्षति भएका जाजरकोट, रुकुमपश्चिम र सल्यानका विद्यालय र स्वास्थ्य संस्थाका भवन निर्माणमा प्रदेश सरकारको भौतिक तथा सहरी विकास मन्त्रालयले यसै आर्थिक बर्षमा सम्पन्न हुने गरी विद्यालय तथा स्वास्थ्य संस्थाको पुनःनिर्माणका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये जसमा २५ करोड रकम जाजरकोट, २२ करोड रुकुम पश्चिम र तीन करोड रकम सल्यान जिल्लाका लागि छुट्याइएको छ ।
गत असोजमा मन्त्रीपरिषद् बैठकले भूकम्पबाट क्षतिग्रस्त विद्यालय र स्वास्थ्य संस्थाको भवन पुनःनिर्माण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८१ पनि स्वीकृत गरिसकेको र कार्यविधि कार्यान्वयन प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र मातहतका पूर्वाधार विकास कार्यालय अन्तर्गत स्थानीय तहको समन्वयमा हुने व्यवस्था अनुसार स्थानीय तहबाट सिफारिस भई आयोजना कार्यान्वयन हुने जिल्लामा रहेको आयोजना सिफारिस समितिले मन्त्रालयमा सिफारिस गरेका आधारमा पुर्ननिर्माणको काम अगाडी बढेको मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका शाखा अधिकृत शेरबहादुर बिरुवाले बताए ।
‘सल्यान जिल्लाबाट स्वास्थ्य संस्था र विद्यालय गरी ४२ वटा संरचना निर्माणका लागि प्रस्ताव आएको थियो । प्राथमिकताका आधारमा सिफारिस समितिले पाँच वटाको नाम छनोट गरेको छ,’ उनले भने, ‘रुकुम पश्चिमबाट एक सय २० वटा संस्थाको नाम प्रस्ताव गरिएकामा समितिले ३३ वटा मात्रै छनोट गरेको छ ।’
त्यस्तै, जाजरकोटबाट प्रस्ताव आएकामा समितिले ३१ वटा विद्यालय ११ स्वास्थ्य वटा संस्थाहरु छनोट गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सल्यान, रुकुमपश्चिमका विद्यालय र स्वास्थ्य संस्था पुर्ननिर्माणका लागि बजेटको निकासा हुन बाँकी रहेको छ । प्रस्तावित आयोजनाको लागत अनुमान विद्यालयको हकमा अधिकतम ७५ लाख र स्वास्थ्य संस्थाको हकमा अधिकतम ५० लाख रुपैयाँ बराबर विनियोजन गरिएको छ ।
जाजरकोटका लागि बजेट निकासा
जाजरकोटमा पुर्ननिर्माण हुने ३१ वटा विद्यालय ११ स्वास्थ्य वटा संस्थाहरुका लागि बजेटको निकासा भएको छ । जाजरकोटको बारेकोट गाउँपालिका सिता मावि बारेकोट–६ कार्कीज्यूलाका लागि ७५ लाख, जनज्योती आधारभूत विद्यालय बारेकोट–२ आर्यनाका लागि ५० लाख, दीपेन्द्र मावि बारेकोट–९ सक्लाका लागि ७५ लाख, हरिहर आधारभूत विद्यालय बारेकोट–७ सुवाकोटका लागि ७५ लाख र भगवती आधारभूत विद्यालय बारेकोट–१ बयालाका लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।
नलगाड नगरपालिका निर्मलज्योती आधारभूत विद्यालयका लागि ७० लाख, पन्चभयार आधारभूत विद्यालयका लागि ७० लाख, त्रिभुवन प्राथमिक विद्यालयका लागि ७० लाख र कैलाशकन्या आधारभूत विद्यालयका लागि ४५ लाख विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
भेरी नगरपालिकाको भैरव आधारभूत विद्यालय भुरभौर ५५ लाख, सुर्यज्योती आधारभूत विद्यालय मिथेन्ग्राका लागि ६० लाख, विजय प्राथमिक विद्यालय सयाँलाका लागि ५५ लाख, छेडागाड नगरपालिका भानुभक्त आधारभूत विद्यालय टीकाचौरका लागि ७५ लाख, सरस्वती आधारभूत विद्यालय काफ्लाका लागि ६० लाख, शान्ति आधारभूत विद्यालय राजीकाटका लागि ६० लाख र दीपेन्द्र आधारभूत विद्यालय चौरजेवाका ६० लाख रकम विनियोजन गरेको छ ।
कुशे गाउँपालिकाका भित्रका नेपाल राष्ट्रिय मावि समाकोटका लागि ७० लाख, सरस्वती आधारभूत विद्यालय डाँडाभौताका लागि ७५ लाख, मानेढुंगा मावि टालेगाउँका लागि ७५ लाख, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सँटाका लागि ७५ लाख, पुतली प्राथमिक विद्यालय छहरागाउँका लागि ६५ लाख, शिवालय गाउँपालिका भित्रका जनता प्राथमिक विद्यालय सिस्पानीका लागि ६० लाख, नेरामावि सिस्नेका लागि ६० लाख, कालिका प्राथमिक विद्यालय डुंग्राका लागि ६० लाख, नेपाल राष्ट्रिय मावि स्यापीका लागि ५५ लाख र सरस्वती मावि रोकायाजातका लागि ४५ लाख रकम विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, जुनीचाँदे गाउँपालिका जयगौरव प्राथमिक विद्यालय खातिगाउँका लागि ६५ लाख, सरस्वती आधारभूत विद्यालय आलीलाई ७५ लाख, भैरव मावि मजकोटलाई ७५ लाख, पदमज्योती मावि पंकलाई ७५ लाख र कालिका प्राथमिक विद्यालय लातालाई ४५ लाख गरेर १९ करोड ८० लाख रकम विनियोजन गरिएको छ ।
त्यस्तै, स्वास्थ्य चौकी निर्माणतर्फ बारेकोट गाउँपालिकाको सामुदायिक स्वास्थ्य इकाई कठर रुस्मिल, जिरीका लागि ५०/५० लाख, नलगाड नगरपालिकाको भगवती स्वास्थ्य चौक िऔलगुर्ता भवन निर्माणका लागि ५० लाख, स्वास्थ्य चौकी लंह भवन निर्माणका लािग ४५ लाख, भेरी नगरपालिका स्वास्थ्य चौकी बाहुनथानाका लागि ४० लाख, स्वास्थ्य चौकी गङ्गटियाका लागि ४० लाख, छेडागाड नगरपालिका अन्र्तगत सामुदायिक स्वास्थ्य इकाई समूहका लागि ५० लाख, कार्की गाउँ स्वास्थ्य चौकीका लागि ५० लाख, सुवानाउली स्वास्थ्य चौकीका लागि ४५ लाख, जुनिचाँदे गाउँपालिका अन्र्तगत मजकोट स्वास्थ्य चौकीलाई ५० लाख र कोर्ताङ स्वास्थ्य चौकीका लागि ५० लाख गरे दुई करोड २० लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
जुम्लामा भत्किएका विद्यालय नबन्दा चौरमा पढाई
जुम्लामा भूकम्पले भत्किएको विद्यालयका भवन पुर्ननिर्माण नहुँदा चौरमा पढ्न विद्यार्थी बाध्य भएका छन् । जुम्लाको तातोपानी गाउँपालिका–५ स्थित दुर्गा माध्यमिक विद्यालय लाम्राका विद्यार्थी भूकम्पबाट विद्यालयको भवन भत्किएका कारणले चौरमा बसेर विद्यार्थीहरु पढ्ने गरेका हुन् ।
भूकम्पले भत्किएका र चर्किएका भवन देख्दा विद्यार्थीहरु डराउनुपर्ने अवस्था देखिएको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर शाहीले बताए । ‘विद्यालयमा अध्यायनरत एक सय ५० भन्दा बढी विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य छन्,’ उनले भने, ‘विद्यालयमा विद्यार्थीहरु कक्षा कोठामा पढ्नका लागि तयार छैनन् ।’ गत बर्ष सामाजिक विकास कार्यालयको सहयोगमा चार कोठे भवन निर्माण सुरु भएको त्यसको निर्माणको काम नसकिएको र चालू आर्थिक वर्षमा सहरी विकास मन्त्रालय अन्तर्गत दुई कोठे भवनका लागि बजेट आइपुगेको विद्यालयले जनाएको छ ।
रमेश रावल । सुर्खेत । २७ मंसिर २०८१, बिहीबार १२:४३