कर्णालीले लुम्बिनीलाई हरायो, प्लेअफ सम्भावना बलियो


नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई हराएको छ । प्लेअफबाट बाहिरिसकेको लुम्बिनी अन्तिम खेलमा कर्णालीसँग पाँच रनले पराजित भएको हो । जीतसँगै कर्णाली याक्सको प्लेअफ सम्भावना बलियो भएको छ ।

कर्णालीले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो । लुम्बिनीका तोम मुर्सले सर्वाधिक ३६ रन बनाउँदा सुन्दीप जोराले २४ रनको योगदान दिए । आशुतोष घिरैयाले १६, अर्जुन साउदले १३ र कप्तान रोहित पौडेलले १० रन बनाए ।

लुम्बिनीलाई अन्तिम ओभरमा ९ रन चाहिएको थियो । तर, ३ रन मात्रै जोड्न सक्यो ।

कर्णालीका सोमपाल कामीले एक मेडनसहित २४ रन खचिएर १ विकेट लिए। नन्दन यादव १ र विपिन शर्माले पनि समान एक विकेट हात पारे । जिशन मक्सुदले २ र विलियम बसिस्टोले एक विकेट लिए ।

त्यसअघि टस जितेर लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो ।

कर्णालीका लागि विलियम बसिस्टोले सर्वाधिक ४४ रन बनाए ।

लुम्बिनीका लागि विकास आग्रीले ३ विकेट लिए । तिलक भण्डारीले २ तथा रामोन सिमोन्ड्स, सादबिन जाफर र रोहित पौडेल समान एक÷एक विकेट हात पारे ।

कर्णालीले अब लिगको अन्तिम खेल सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ ।

तपाईको प्रतिक्रिया