‘जमिन मुनिबाट सुन निकाल्दिन्छु’ भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश बलरामपुर सिंहपुरी बस्ने ४२ वर्षीय सदाबुद्दिन हलवाई रहेका छन् । उनलाई प्रहरीले पक्राउ गरेको हो ।
हलवाईले नेपालगंज उपमहानगरपालिका–१९ स्थित मोहनपुर ईट्टाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकाल्दिन्छु भन्दै पीडितबाट पटक–पटक गरी २ करोड रूपैयाँ ठगी गरेको उजुरी परेको थियो ।
पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्कबाट उनलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत बाँकेबाट ४ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
युग संवाददाता । नेपालगञ्ज । ८ पुष २०८१, सोमबार १५:१९