चारजना स्वास्थ्यकर्मीमा कोरोना

सुर्खेत, २५ असार ।

कर्णाली प्रदेश अस्पतालमा थप दुई जना चिकित्सक र दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार बुधबार दुई जना मेडिकल अफिसर, एक जना स्टार्फ नर्स र एक जना सिनियर अहेवमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना विशेष अस्पतालमा दुई हप्ते ड्युटी सकेर १४ दित क्वारेन्टिनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको डा. खड्काले बताए ।

संक्रमण देखिएपछि उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ । यसअघि पनि असार ११ गते दुई जना चिकित्सकसहित नौ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो । उनीहरु आइतबार मात्रै डिस्चार्ज भएका थिए ।

तपाईको प्रतिक्रिया