२०८१ चैत्र १
×

Now Playing

उपभोक्ताको स्वास्थ्यमाथी व्यवसायीको खेलवाड, कारवाहीको दायरामा ल्याउँदै वीरेन्द्रनगर

वीरेन्द्रनगरमा संचालित खाद्य तथा किराना र होटल व्यवसायीबाट उपभोक्ताको स्वास्थ्यमाथी गम्भिर खेलवाड हुँदै आएको छ । उपभोक्ताहरुको सोझोपन तथा अज्ञानतालाई फाइदा उठाउँदै यहाँका व्यवसायीहरुले मिति सकिएका र अखाद्य वस्तु मिसाईएका खाने कुरा बेच्दै आएका हुन् । पछिल्लो समय उपभोक्ताको स्वास्थ्यमाथी गम्भिर खेलवाड हुन थालेपछि वीरेन्द्रनगर नगरपालिकाले अनु्गमनलाई समेत तिब्रता दिएको छ । अन्ुगमनपछि त्यस्ता व्यवसायीलाई […]

नेतृत्व फेरिन्छ, विकास बजेट खर्च शैली फेरिदैन, तीन महिनामा चार प्रतिशत मात्रै खर्च

चालु आर्थिक वर्ष २०८१/०८२ मा पनि कर्णाली प्रदेश सरकारले विकास (पूँजीगत) तर्फको बजेट खर्च बढाउने देखिदैन । हरेक वर्ष झैँ चालु आर्थिक वर्षमा पनि कर्णालीमा विकास (पूँजीगत) बजेट खर्च शैली परिवर्तन हुन सकेको छैन । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कर्णाली प्रदेश सरकारले पूँजीगत तर्फ चार दशमलव ०६ प्रतिशत मात्र बजेट खर्च गरेको छ । […]

सरकारी ट्रायल सेन्टर निर्माणमा खेलाँची निजी सेन्टरबाटै काम चलाउने सोच

वीरेन्द्रनगर–७ स्थित निर्माणाधिन अलपत्र सरकारी ट्रायल सेन्टर निर्माणमा खेलाँची गरिएको छ । निर्माण स्थलमा सुकुम्वासी वस्तिको अवरोधको कारण देखाउँदै निर्माणको काम नै अघि नबढाउने गरेको पाइएको हो । हाल ट्रायल सेन्टर निर्माण स्थलमा सुकुम्वासी वस्तिबाट कुनै अवरोध नै छैन । तर विगतको कारण देखाउँदै सुकुम्वासीमाथी दोष थुपारेर ठेकेदार र कार्यालय निर्माणको कामबाट उम्किदै आएका छन् […]

ट्रायल सेन्टर निर्माणमा अवरोध नहुने काम सुरु गर्न सुकुम्वासीकै गुहार

वीरेन्द्रनगर–७ स्थित निर्माणधिन सरकारी ट्रायल सेन्टर निर्माणको काम हाल अलपत्र अवस्थामा छ । सवारी साधान अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा स्थल (ट्रायल सेन्टर) निर्माणको काम सुरु भएको करिब दुई वर्ष पुग्न लाग्यो । तर हालसम्म करिब १० मिटर जति एउटा पर्खाल उठाउने बाहेक अन्य काम भएको छैन । त्यो पनि पर्खालको काम अधुरै छ । […]

किन लापारवाही दोहो¥र्याउँछ प्रदेश अस्पताल ? सर्मिला मृत्युको कारण अँझै बताइएन

प्रसुति सेवा लिन कर्णाली प्रदेश अस्पताल सुर्खेत पुगेकि १९ बर्षिया सर्मिला सुनारको यही असोज ६ गते राती अस्पतालमै मृत्यु भयो । वीरेन्द्रनगर नगरपालिका–६ निवासी मृतक सर्मिलालाई सुत्केरी व्यथाले च्यापेपछि आइतबार दिउसो नै अस्पताल पु¥र्याइएको थियो । अस्पतालमा प्रसुति सेवा लिनेक्रममै सर्मिलाको मृत्युभएपछि डाक्टरले लापारवाही गरेको भन्दै सोमबारदेखि उनका आफन्त आन्दोलित छन् । तर सर्मिलाको मृत्यु […]

कर्णालीको बेरुजुमाथी लेखा समितिको चासो, गम्भीर छैनन् मन्त्रालय र मातहतका कार्यालय

कर्णाली सरकारको बेरुजुबारे सार्वजनिक लेखा समितिको चासो बढेको छ । प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालयले बर्षेनी बेरुजु रकम बढाउँदै गएपछि प्रदेश सरकार अन्तर्गतको सार्वजनिक लेखा समितिले चासो दिन थालेको हो । महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/०८० सम्म कर्णाली सरकारको बेरुजु रकम तीन अर्ब ९४ करोड ८२ लाख ५४ हजार फछर्यौट तथा सम्परीक्षण […]

तरकारीले छुट्यो कालापहाड, मेहनतले गाउँमै मालामाल

कालीकोट खाँडाचक्र नगरपालिका–५, गारुवाँ गाउँका ३३ वर्षीय भीमबहादुर कार्कीलाई विगत सात वर्षयता कामका लागि कालापार जानु्परेको छैन । गाउँमै व्यवसायिक तरकारी उत्पादन गर्न थालेपछि घरखर्च चलाउनकै लागि कालापार (भारत) जानुपर्ने उनको बाध्यता हटेको हो । आफ्नै मेहनतले गाउँमै तरकारी फलाउन थालेपछि उनी आर्थिक रुपमा समेत सक्षम बनदै गएका छन् । सबै खर्च कटाएर बार्षिक पाँच […]

बेचबबिखनको जोखिममा कर्णालीका महिला तथा बालिका, हराएका मध्ये ८९ जना अँझै परेनन् फेला

कर्णालीका महिला र बालिका बेचबिखनको उच्च जोखिममा छन् । पुरुषको तुलनामा यहाँका महिला र बालिका बेचबिखनको जोखिममा रहेको पाइन्छ । सरकारले सचेतनामुलक कार्यक्रमसँगै हरेक वर्ष मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाउदै आएको छ । तर यस्ता कार्यक्रमले पनि महिला र बालिका बेचबिखनको जोखिम टरेको छैन । ‘तीनै तहका सरकारको प्रतिवद्धताः मानव बेचबिखन विरुद्ध […]

मान्छे खाने कर्णाली राजमार्ग: १८२१ दुर्घटनामा ९९१ जनाले गुमाए ज्यान

मृत्यु मार्गका नामले चिनिले ‘मान्छेखाने राजमार्ग’ अर्थात कर्णाली राजमार्ग । जहाँ पछिल्लो नौ आर्थिक वर्षमा मात्रै नौ सय ९१ जनाले ज्यान गुमाएका छन् । एक हजार आठ सय २१ सवारी दुर्घटना हुृदाँ नौ सय ९१ जनाले ज्यान गुमाएका हुन् । त्यसो त कर्णाली राजमार्ग सञ्चालनमा आएको १८ वर्ष पुग्यो । तर यो तथ्यांक आर्थिक वर्ष […]

कर्णाली सरकारप्रति युवाको निराशा

कर्णाली सरकारको सामाजिक विकास मन्त्रालयले बुधबार वीरेन्द्रनगनरमा आयोजना गरेको एक कार्यक्रममा करिब ५० जना बढि युवाहरुको सहभागीता थियो । कार्यक्रममा कर्णाली प्रदेशको युवा नीति २०८० को मस्यौदामाथि छलफल भयो । तर छलफलका क्रममा युवा नीति बन्न लागेकोमा खुसी हुनुपर्नेमा सहभागी युवाहरुमा भने निराशा बढि देखिन्थ्यो । कार्यक्रममा बोल्ने सबै युवाहरुले खुसी भन्दा निराशाजनक धारणा राखेका […]

डोल्पाको त्रिपुरासुन्दरीमा खानासहित विविध खर्चमा ३१ लाख बढि स्वाहा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले योजना तथा कार्यक्रमको खर्च प्रमाणविनै धमाधम भुक्तानी गर्ने गरेको पाइएको छ । पालिकाले अधुरो प्रमाणविनै रकम भुक्तानी गर्दा असुल गर्नुपर्ने फाइलको चाङ लागेको छ । महालेखा प्रतिवेदनको आर्थिक वर्ष २०७९/०८० को रिपोर्ट अनुसार नगरपालिकाले रकम भुक्तानी गर्दा कानुनी प्रक्रियाको पूर्ण रुपमा पालना नगर्दा रकम असुल गर्नुपर्ने विवरणको सूचीमा सँयौं फाइलको चाङ छ […]

दुधमा आत्मनिर्भर वियारे गाउँ, खलंगाको माग धान्दै

झिसमिसे उज्यालो नहुदै निन्द्रा खुल्छ । अनी सुर्य नउदाउँदै भैंसीको दुध दुहेर बेच्न खलंगा पुग्छिन् । उनी हुन्, गुठिचौर गाउँपालिका–४ जुम्लाकी मायादेवि देवकोटा । मायादेविलाई दुध बेच्नका लागि घरदेखि खलंगासम्म पुग्न करिब ४५ मिनेट लाग्छ । बिहान बिहान दुध आयो भन्दै उनको खलंगा आउजाउ यात्रा हरेक दिन चल्छ । कहिले कसो उनले नभ्याएको दिनमा परिवारका […]

पूर्वाधार विकासमा ठेकेदारको लापारवाही म्याद थपिन्छ, तर भवन बन्दैनन्

कर्णाली प्रदेशमा पूर्वाधार विकास निर्माणतर्फ हेलचक्य्राइँ बढ्दो क्रममा छ । ठेकेदारको लापारवाही र सम्बन्धित कार्यालयको कमजोरीका कारण स्थानीयदेखि संघीय सरकारका पूर्वाधार विकासका योजना निर्माणमा हेलचक्य्राइँ बढेको हो । कर्णाली सरकारको नेतृत्व पटक पटक फेरबदल भएको छ । तर अवस्था उस्तै छ । प्रदेश सरकार स्थापना भएको ६ वर्ष बित्यो । यो अवधिमा तीन राजनितिक दलबाट […]