२०८१ चैत्र १
×

Now Playing

ओझेलमा हुम्लाको यारी भन्सार, न पूर्वाधार न दरबन्दी

नेपाल र चीनको सिमाना हिल्सामा स्थापना भएको यारी नाका भन्सार ओझेलमा परेको छ । हुम्लासँग सिमाना जोडिएको हिल्सामा २०७५ मा अध्यागमन कार्यालय स्थापना गरी भन्सार सञ्चालन गरिएको थियो । तर प्रदेश र संघीय दुबै तहका सरकारको ध्यान नजाँदा हाल यारी नाका भन्सार ओझेलमा छ । दुबै तहका सरकारले आवश्यक बजेट व्यवस्थापन गरी भन्सार सञ्चालनमा जोड […]

लय समाउँदै व्यवसायीक बन्यो हुँड्के नाच

कर्णालीमा हराउदै गएको हुड्के नाच फेरी चर्चामा आएको छ । विशेष गरी माओबादी जनयुद्ध (२०५२) पछि हराउँदै गएको यो नाच फेरी एकाएक चर्चामा आएको हो । करिब दुई दशकबढि समय ओझेलमा रहेको हुड्के नाचपछिल्लो समय फेरी पुरानै लयमा फर्किएको छ । माथिल्लो कर्णालीमा विवाह, व्रतबन्ध तथा विभिन्न सभा समारोहमा बजाइने पञ्चै बाजासँगै हुड्के नाच हराउँदै […]

अलपत्र संचालन गर्न ऐन बनाउने तयारी

कर्णाली सरकारको महत्वाकांक्षी ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र परेको छ । कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७६÷०७७ देखि सुरु गरेको यो कार्यक्रम हाल अलपत्र अवस्थामा छ । छोरीहरूको सुनौलो भविष्यका लागि भन्दै प्रदेश सरकारको महत्वाकांक्षी यो कार्यक्रम कालीकोटबाट निकै तामझामका साथ सुरु गरिएको थियो । सुरुमा लोकप्रिय मानिएको यो कार्यक्रम बारे निकै चर्चा […]

बजेट दुरुपयोगमा इन्जिनियरको सेटिङ झुट्टा बिल बनाई ५३ लाख झ्वाम

रकम हिनामिना भएका मुगुका चार वटै योजनामा इन्जिनियर महेश सिंह कठायतको संलग्नता भएको पाइएको छ । इन्जिनियर कठायतकै सेटिङमा चार वटा योजनामा दुई करोड ६३ लाख १० हजार पाँच सय ५१ रुपैंया हिनामिना भएको हो । योजनाको रकम हिनामिना गर्ने इन्जिनियर कठायतसहित संलग्न सबै व्यक्ति विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम […]

धमाधम निर्माण हँुदै खेलपूर्वाधार समयमै कामसक्न चुनौती

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी कर्णाली प्रदेशमा धमाधम खेलपूर्वाधार निर्माण हुन थालेका छन् । ठेक्का सम्झौता अनुसार तोकिएकै मितिमा काम सम्पन्न गर्ने गरी धमाधम खेलपूर्वाधार निर्माण भइरहेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । परिषदका अनुसार हाल डोल्पा र सल्यान बाहेक कर्णालीका अन्य आठ वटै जिल्लामा विभिन्न खेलपूर्वाधार निर्माण भइरहेका छन् । कर्णालीमा […]

प्रदेश अस्पतालमा डाक्टर नआउँदा विरामीलाई उपचारमा समस्या

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा न्युरोलोजिस्ट र कार्डियोलोजिस्ट डाक्टर नहुदाँ दुई विभाग बन्द भएका छन् । विगत तीन हप्तायता ओपीडी र सघन अप्रेसन दुबै विभाग बन्द भएका हुन् । न्यूरोलोजिस्ट डाक्टर निलम खड्का काजमा ट्रमा अस्पताल काठमाडौँ फर्किएपछि विगत तीन बर्षदेखि दिदै आएको न्यूरो सेवा प्रभावित भएको हो । सेवा सञ्चालनमा आएदेखि नै काम गर्दै आएका […]

रुख कटान प्रक्रिया सुरु, जग्गा विवाद कायमै

कोहलपुर–सुर्खेत एक सय ३२ केभिए विद्युत प्रसारण लाइन विस्तार गर्न रुख कटान प्रक्रिया सुरु भएको छ । विद्युत प्रसारण लाइन आयोजनाको कार्यालयका अनुसार रुख कटानका लागि छपान कार्य सकिएको छ । विद्युत प्रसारण लाइन विस्तार गर्न लामो समयपछि रुख कटान प्रक्रिया सुरु भएपनि जग्गा विवाद प्रशंग भने कायमै छ । आयोजनाले विद्युत प्रसारण लाइनअन्तर्गत राष्ट्रिय […]

अझैँभएनन् टुक्रे योजना संशोधन कार्यान्वयन गर्न चुनौती

चालु आर्थिक बर्षको आठ महिना बितिसक्दा समेत कर्णाली सरकारले टुक्रे योजना संशोधन गर्न सकेको छैन । कर्णाली सरकारको उदासीनताका कारण टुक्रे योजना संशोधन नहुदाँ कार्यान्वयनमा चुनौती देखिएको छ । टुक्रे योजनाका बारेमा सडकदेखि प्रदेश संसदसम्म बारम्बार आवाज उठिरहदाँ पनि मन्त्रालयहरुले जवरजस्ती योजना निर्माण गरेका थिए । यस्ता अधिकांश योजना कार्यकर्ता रिजाउन तथा कमिशनको खेलचक्करमा बनेका […]

कर्णालीका दुई सय १७आमाहरुको हवाई उद्धार

कर्णाली प्रदेशका दुई सय १७ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको छ । आर्थिक बर्ष २०७५÷०७६ देखि चालु आ.ब. को हालसम्म कर्णालीका दुई सय १७ जना गर्भवती तथा सुत्केरीले हवाई उद्धार सेवा लिएका हुन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट कार्यान्वयन भइरहेको राष्ट्रपति महिला सशक्तिकरण परियोजना अन्तर्गत उक्त उद्धार भएको हो । दुर्गम […]