२०८१ चैत्र १
×

Now Playing

एक साताभित्र काम अघि नबढे कानूनी प्रक्रिया थाल्ने चेतावनी

कर्णाली प्रदेश सरकारले संघीय सांसद दिक्पालकुमार शाहीको निर्माण कम्पनी अनक जयदेवीले जिम्मा लिएर अलपत्र पारेका सुर्खेत पश्चिमका दुई रणनैतिक महत्वका सडक आयोजना एक साता भित्र अघि नबढे कानुनी प्रक्रिया थाल्ने चेतावनी दिएको छ । सोमबार जिल्लाका प्रमुख राजनीतिक दल, जिल्ला समन्वय समितिका प्रमुख, पश्चिम सुर्खेतका नागरिक अगुवा, निर्माण व्यवसायी र मुख्यमन्त्री यामलाल कँडेल बिच भएको […]

मनोसामाजिक अपाङ्गतालाई कानूनमै विभेद

‘१३ वर्षसम्म म मानसिक समस्यामा परेँ । घरपरिवार, समाजबाट मैले असह्य पिडा भोगेँ । मेरो पढाई बिग्रियो । म सबैसँग आफ्ना समस्या सुनाउँन चाहन्थेँ तर सुन्न कोही राजि भएनन् । समाजले हेप्यो, परिवारले साथ दिएन । तर, पनि म अहिले यो समस्याबाट पूर्णरुपमा बाहिर निस्कन सफल भएकी छु । यस्तो अवस्थामा अझै पनि मलाई समाजमा […]

मेटिए जेब्राक्रसदेखि लेन मार्किङ बढ्दै दुर्घटनाको जोखिम

कर्णाली प्रदेशको राजधानी सहर सुर्खेतको वीरेन्द्रन्द्रनगर बजार क्षेत्रका मुख्य सडकमा रेखाङ्कन गरिएका सडक संकेतहरु खुइलिएका छन् । सवारी तथा यात्रुको बढी चाप हुने वीरेन्द्रनगरका मुख्य सडकमा जेब्राक्रस तथा सडक संकेत नहुँदा र भएका पनि मेटिँदा दुर्घटनाको जोखिम बढेको छ । अहिले वीरेन्द्रनगरका अधिकांश सडकमा जेब्राक्रसदेखि लेन मार्किङसम्म मेटिएका छन् । पछिल्लो समय प्रदेश राजधानी भएसँगै […]

बड्डीचौर–खम्बागाडे सडकलाई पुनःराष्ट्रिय प्राथमिकतामा राखिदिन गुहार

नेपालीमा एउटा उखान छ, हतारको काम लतार । अहिले यो उखान कर्णाली प्रदेश सरकारको कार्यशैलीमा ठ्याक्कै मेल खाएको छ । राष्ट्रिय प्राथमिकता प्राप्त सडकलाई आफ्नो मातहतमा ल्याउन गरिएको त्यो हतारको निर्णय अहिले प्रदेश सरकारकालाई गलपासो बनेको छ । संघीय सरकारले राष्ट्रिय प्राथमिकतामा राखेर तीव्ररुपमा अगाडि बढाई रहेको आयोजना हो मदन भण्डारी राजमार्ग । पश्चिमी खण्ड […]

सहुलियत कार्यविधि निर्माणमै अल्झियो प्रदेश सरकार

निजि हवाई सेवा प्रदायक संस्था तारा एअरले कर्णालीका तीन जिल्लामा हप्तामा दुई उडान भर्न सुरु गरेको छ । कर्णाली प्रदेश स्थापनापछि नेपालगञ्ज स्थानान्तरण भएको कर्णालीको आन्तरिक हवाई सेवा सुर्खेतबाट पुनः सुचारु भएपछि कर्णालीवासीलाई साविक कर्णालीका नागरिकलाई जहाज चढ्न नेपालगन्ज धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ । गएको बुधबारदेखि सुर्खेत विमानस्थलबाट जुम्ला, हुम्ला र मगुमा […]

आर्थिक कोरिडोरदेखि हिल्सा–सिमकोट सडक परियोजना निर्माणको जिम्मा चीनलाई

प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक चीन भ्रमण सक्काएर फर्किएका छन् । १७ मंसिरमा उत्तरी छिमेकी मित्रराष्ट्र चीन प्रस्थान गरेका प्रधानमन्त्री ओली बिहिबार स्वदेश फिर्ता भएका हुन् । ओलीको चिनियाँ भम्रणलाई सर्बत्र चासोको विषय बनाइएको छ । प्रधानमन्त्री ओलीको भ्रमण चासोमा पर्नुका कारणचाहिँ भारतभन्दा पहिला चीन भ्रमण हुनुसँग पनि जोडिएको छ । पछिल्ला दिनमा […]

कर्णालीका ग्रामीण क्षेत्रमा दीगो खानेपानी व्यवस्थापन गर्न ‘खानेपानी सेवा सहायता केन्द्र’

कर्णाली प्रदेशका ग्रामीण क्षेत्रमा रहेका विद्यमान खानेपानी प्रणालीको सुधार गर्ने उद्देश्यले ग्रामीण खानेपानी सेवा सहायता केन्द्रको सुभारम्भ भएको छ । कर्णालीमा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रका जीर्ण र पुराना पूर्वाधारहरुको दिगो व्यवस्थापन एवं स्तरोन्नति गर्ने उद्देश्यले सहायता केन्द्र सञ्चालनमा ल्याइएको हो । सोमबार संघीय खानेपानी मन्त्री प्रदीप यादवले प्रदेश राजधानी वीरेन्द्रनगरमा केन्द्रको सुभारम्भ गरेका हुन् […]

कर्णाली समृद्धिका लागि ५२ खर्ब लगानी लाग्ने प्रक्षेपण

कर्णाली प्रदेश योजना आयोगले कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना २०८१/०८२–०८५/०८६ लाई अन्तिम रुप दिन सरोकारवालासँग छलफल गरिरहेको छ । सुशासन, सामाजिक न्याय र आम समृद्धिको सोचका साथ निर्माण गर्न लागिएको दोस्रो पञ्चवर्षीय योजनाको लक्ष्य उत्पादनशिल र रोजगार मुलक अर्थतन्त्र निर्माण गरी सुशासन र सामाजिक न्यायमार्फत समाजवाद उन्मुख समुन्नत कर्णाली निर्माण रहेको छ । योजना आयोगले […]

राजनीतिक गतिविधिमा रोक, निर्धक्क मतदानमा सहभागी हुन आग्रह

आगामी आइतबार (१६ मंसिर) मा हुने स्थानीय तहको उपनिर्वाचनमा दलहरुले चुनावी प्रचार–प्रसार गर्ने अवधि समाप्त भएको छ । चुनावी प्रचार–प्रसार गर्न (बिहिबार) राती १२ बजेसम्मको समय तोकिएको थियो । मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागु हुन्छ । मौन अवधि मतदान नसकिएसम्म जारी रहन्छ । मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार र अरु […]

बजेट कार्यान्वयनमा कर्णालीको पुरानैशैली, विकास बजेटभन्दा चालु खर्च झण्डै दोब्बरले बृद्धि

कर्णाली प्रदेश सरकारको पुँजिगत अर्थात विकास बजेट खर्चको गति अपेक्षितरुपमा अघि बढ्न सकेको छैन । प्रदेश सरकार स्थापना भएयता सरकारले अघि सारेका बजेट कार्यान्वयनको अवस्थालाई विश्लेषण गर्ने हो भने बर्षेनी निराशाजनक आँकडाहरु बाहिर आइरहेका छन् । यसमा सरकारको नेतृत्व गर्ने र बजेट कार्यान्वयन गर्ने कर्मचारी संयत्रले नीतिगत तथा संस्थागत सुधारमा ध्यान नदिदा यसको असर विकास […]

कर्णालीकामा कांग्रेस–माओवादीलाई बिरासत जोगाउँन चुनौती, तोड्ने प्रतिस्पर्धामा एमाले

कर्णालीमा दलहरूले स्थानीय तह उपनिर्वाचनको प्रचार–प्रसारलाई व्यापक बनाएका छन् । १६ मंसिरमा हुन लागेको उपनिर्वाचनका लागि दलहरूले आफ्ना उम्मेदवारका पक्षमा चुनावी माहौल बनाउनेदेखि मतदाता फकाउन विभिन्न रणनीति अपनाइरहेका छन् । चुनावी प्रचारका लागि केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरू चुनावी कमान्डर भएर खटिएका छन् । कर्णालीका आठ स्थानीय तहमा रिक्त आठ पदका लागि ४४ जना […]

पर्यावरणीय कृषिमार्फत जिविकोपार्जनतर्फ दलित महिला

सुर्खेतको लेकवेशी नगरपालिका–३ रातटारकी ४५ वर्षीया निर्मला विकको परिवार तीन वर्षअघिसम्म तरकारी किनेर खान्थ्यो । उनको घरमा परम्परागतरुपमा मौसम अुनसार रोपिदै आएका विभिन्न जातका तरकारीले परिवारको माग धान्दैन थियो । उनीहरुलाई मौसम अनुसार कुन समयमा कुन तरकारी खेती गर्ने भन्ने थाहा पनि हुँदैन थियो । आफ्नै तरिकाले रोपिने तरकारीले उत्पादन पनि त्यति दिदैन थियो । […]

आठ पदका लागि ४५ जनाको उम्मेदवारी, पुरानासँगै नयाँ दल पनि चुनावी मैदानमा

यहीँ मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि दलहरुले उम्मेदवारको मनोनयन पत्र दर्ता गराएका छन् । कर्णालीका आठ वटा स्थानीय तहमा रिक्त रहेका आठ पदका लागि ४५ जनाको उम्मेदवारी दर्ता भएको छ । यस पटकमा पुराना दलहरुसँगै स्थानीय तहको निर्वाचनमा पहिलो पटक टेष्टेट पार्टीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि थपिएको छ । […]