२०८१ चैत्र २
×

Now Playing

सुधारोन्मुख कर्णालीको मानव विकास सुचक

मानव विकास सुचाङ्कको पुछारमा रहेको कर्णाली प्रदेशमा गएको १० वर्षको अवधिमा केही सुचकमा क्रमिक सुधार हुँदै गएको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकमा कर्णालीको स्वास्थ्य शिक्षा, सामाजिक सुरक्षा र विकासमा सुधार हुँदै गएको पाइएको हो । जसमा नेपालको कुल औषत आयु बढेर ७१ दशमलव तीन वर्ष […]

आगामी बजेटमा संघीय, सरकारसँग के चाहन्छ कर्णाली ?

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको अन्तिम तयारी गरिरहेको छ । संघीय सरकारको नीति तथा कार्यक्रम आगामी बुधबार संसदमा प्रस्तुत हुने जनाईको छ । प्रदेश सरकारहरू पनि नीति, कार्यक्रम तथा वजेट निर्माणको तयारीमा लागेका छन् । कर्णाली प्रदेश सरकारले आफ्नो आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा सरोकारवालाहरूसँग छलफल अगाडि बढाएको जनाउँदै आएको […]

बड्डिचौर–खम्बागाडे सडक : म्याद सकिनै लाग्दा समस्या देखाएर पन्छिँदै ठेकेदार

५ साउन २०७९ मा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बड्डीचौर–खम्बागाडे सडकको पहिलोखण्ड बराहताल गाउँपालिका–५ स्थित बड्डीचौरमा डोजर चलाएर निर्माण व्यवसायी एवम् संघीय सांसद दिक्पालकुमार शाहीले स्तरोन्तीको जिम्मा लिए । राष्ट्रिय प्राथमिकता प्राप्त उक्त खण्डमा पर्ने १३ किलोमिटर सडक स्तरोन्ती गरी चालु अर्थिक वर्ष २०८१ को असार मसान्तसम्म सम्पन गर्ने कार्यादेशसहित सांसद शाहीको निर्माण कम्पनी […]

कर्णालीका दुई आयोजनामा लगानी गर्न विदेशी लगानीकर्ता तयार

तेस्रो लगानी सम्मेलनमा राखिएका कर्णाली प्रदेशमा पर्ने केही आयोजनामा लगानी गर्न केही विदेशी कम्पनी तयार भएका छन् । लगानी सम्मेलनमो सोकेसमा राखिएका जलविद्युत् र भौतिक पूर्वाधार क्षेत्रका केही आयोजनामा विदेशी लगानी गर्न तयार भएका हुन् । नलगाड जलविद्युत आयोजना र रारा तालमा सुबिधा सम्पन्न होटेल बनाउनका लागि विदेशी लगानी गर्न तयार भएका छन् । जाजरकोट […]

सडक पूर्वाधार निर्माणमा फड्को : राष्ट्रिय सडक सञ्जालमा जोडियो हुम्ला

नेपालका ७७ वटै जिल्लाहरुमा सडकको राष्ट्रिय सञ्जाल विस्तार भएको छ । सडको ट्र्याक खोल्न सुरु भएको झण्डै एक दशकपछि हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । भौगोलिक रूपमा कठिन तथा चुनौतीपूर्ण स्थानहरूमा पूर्वाधार निर्माणको जिम्मा लिँदै आएको नेपाली सेनाले हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडेको हो । हुम्लाको लालीबगरदेखि दुल्लीकुनासम्मको ११ किलोमिटर कडा चट्टानी पहाडमा सेनाले […]

कर्णालीको सार्वजनिक यातायातमा विकल्प बन्नसक्छ ‘पोड वे’ प्रविधि

भौगोलिक विकटताले कर्णालीमा सार्वजनिक यातायातका लागि सडक पूर्वाधार निर्माणमा ठुलो चुनौती छ । विकट भौगोलिक अवस्थाकै कारण कर्णाली प्रदेशका १० वटै जिल्लामा सडक पूर्वाधार निर्माणमा कठिनता मात्रै नभई लागतका हिसावले पनि ठुलो धनराशी खर्च गर्नुपर्ने बाध्यता छ । नेपालका ७७ जिल्लामध्ये कर्णालीको हिमाली जिल्ला हुम्लामा अझै सडकको राष्ट्रिय सञ्जालमा जोडिन सकेको छैन । दशकौंदेखि हुम्लालाई […]

सुरु भयो मुख्य ‘ड्रिलिङ्ग’ को काम

कर्णालीको समृद्धिसँग जोडिएको दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको मुख्य ड्रिलिङको काम सुरु भएको छ । चिनियाँ सरकारको जियोलजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा भइरहेको अन्वेषणको अन्तिम ड्रिलिङ्गको काम आइतबारबाट सुरु भएको हो । दैलेखको भैरबी गाउँपालिका–१ स्थित जलजलेमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मुख्य ड्रिलिङको उद्घाटन गरेका हुन् । चार महिनामा सम्पन्न हुने मुख्य […]

कर्णालीका महिलालाई नीतिगत अवसर लिनै मुस्किल

कर्णाली प्रदेशमा नेपालको संविधान २०७२ मा महिलाको हक अधिकार सम्बन्धि गरिएको व्यवस्था अनुरुप नीतिगत अवसर लिन चुनौती छ । संविधानमा भएको व्यवस्था अनुसार महिलाको अनिवार्य भौतिक उपस्थिती एक तिहाइ रहेपनि नीतिगत सहभागिता भने पर्याप्त हुन नसकेको नीति निर्माणको तहमा रहेका महिला सांसहरुले नै गुनासो गरेका छन् । वीरेन्द्रनगरमा शनिबार राष्ट्रिय महिला आयोगले आयोजना गरेका नीतिगत […]

सुविधा सम्पन्न अस्पतालमै जोगिँदैन आमाको ज्यान

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले भन्छ, ‘कर्णाली नेपालमै सबैभन्दा धेरै मातृमृत्युदर भएको प्रदेश हो ।’ कर्णालीमा अझै पनि राष्ट्रिय र अन्य प्रदेशको तुलनामा मातृ मृत्युदर एक सय ७२ रहेको जनगणनाको तथ्यांकले देखाउँछ । दीगो विकासको लक्ष्य अनुसार सन् २०३० सम्म कर्णालीको मातृ मृत्युदर ७० मा झार्ने गरी सरकारी तथा विभिन्न गैर सरकारी संस्थाहरुले काम गरिरहेको […]

६ वर्षमा बल्ल बन्यो कार्यविधि त्यो पनि छैन पूर्ण

कर्णाली प्रदेश सरकारले प्रदेश बालअधिकार समिति गठन, सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० जारी गरेको छ । प्रदेश सरकार स्थापना भएको ६ वर्षपछि नेपालको संविधान र बालबालिका सम्बन्धि ऐन २०७५ र नियमावली २०७८ को मर्म अनुसार प्रदेश बालअधिकार समिति गठन, सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० जारी गरेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत कार्यान्वयन हुनेगरी […]

कर्णाली समृद्धिको कोशेढुङ्गा जगदुल्ला हाइड्रो कार्यान्वयनको अन्तिम चरण प्रवेश

कर्णाली प्रदेश सरकारको ५ प्रतिशत शेयर लगानी रहेको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणको काम सुरु हुने अन्तिम तयारी भइरहेको छ । हिमाली जिल्ला डोल्पामा विद्युत् विकास विभागले निर्माण गर्न लागेको अर्धजलाशययुक्त आयोजनाका लागि प्रदेश सरकारले गत वर्ष ११ लाख ७१ हजार ५ सय कित्ता शेयर खरिद गरेको थियो । प्रदेश सरकारले प्रतिशेयर १ सयका दरले […]

रंगमञ्चका उस्ताद प्रेमदेव गिरी

सुर्खेती रंगमञ्चका उस्ताद हुन् प्रमदेव गिरी । ख्याउटे शरीर, फुलेका सेताम्मे दाह्री–जुँगा, लामा–लामा कपालका जटा । सरर्र हेर्दा उनी बेपर्वाह, वैरागी, अल्छीजस्तो देखिन्छन् अर्थात् ‘ब्रान्डेड’ कपडामा सजिने र चिटिक्क परिहिँड्ने स्वभाव उनमा छैन । ‘मेरो सम्पत्ति भनेकै यही लुक्स त हो नि !’ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ निवासी पाका संस्कृतिकर्मी प्रेमदेव गिरी भन्छन्, ‘कथाले मागिरहन्छ । […]

धमाधम अघि बढ्दै कर्णालीका गेमचेन्जर आयोजना

सुर्खेत । कर्णाली प्रदेशभर संघ तथा प्रदेश सरकारहरूबाट बजेट व्यवस्थापन भएर कार्यान्वयन भइरहेका पाँच ठुला गेमचेन्जर परियोजना निर्माणको काम धमाधम भइरहेको छ । कर्णालीको समद्धिसँग जोडिएका सडक, विद्युत, सिंचाई तथा खेलकुदका पूर्वाधार निर्माणको कामले गति लिइरहेका छन् । हामीले युगआह्वान दैनिकको २४ औं वार्षिकोत्सवको अवसरमा कर्णालीमा सञ्चालित राष्ट्रिय तथा प्रादेशिक गौरवका ठुला आयोजनाको पछिल्लो निर्माणको […]