एन्फा महिला लिग–२०२४ छनौट फुटबल प्रतियोगिता सुर्खेतमा हुँदै
यहि वैशाख ७ गते देखि हुने एन्फा महिला लिग–२०२४ छनौट फुटबल प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा हुँदै छ । उक्त प्रतियोगिता यहि वैशाख ७ गते देखि २० गते सम्म हुने आयोजकले जनाएको छ । प्रतियोगिताको लागि सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, बाग्मति प्रदेश, लुम्बीनी प्रदेश, मधेश प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका टीम सहभागि भएका छन् । […]