पातारासी गाउँपालिकामा आफ्नै दोस्रो एम्बुलेन्स सञ्चालन
जुम्लाको पातारासी गाउँपालिकाले आफ्नै दोस्रो एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । भौगोलिक रुपमा सदरमुकामदेखि टाँढा रहेको पातारासी गाउँपालिकाले स्थानीय नागरिकको माग र कठिनाइलाई मध्यनजर गर्दै सोमबारदेखि आफ्नै एम्बुलेन्स सेवा सञ्चालन गरेको हो । पहिलाको एम्बुलेन्सले पालिकाभरिका नागरिकलाई सेवा दिन नसकेको,पटक पटक बिग्रिएर नागरिकले सास्ती पाउन थालेपछि वडाको बजेट,अध्यक्ष उपाध्यक्ष कोषको बजेट र पालिकाको थप गरेर […]