२०८१ चैत्र २
×

Now Playing

कर्णाली याक्सले हारे पनि १६ वर्षे ‘विपिन शर्मा’ को उदय

पहिलो संस्करणको नेपाल प्रिमियर लिगले क्रिकेट दर्शकलाई मनोरञ्जन त दिइरहेकै छ, सँगसँगै दूरदराजका नयाँ प्रतिभालाई बाहिर ल्याउने अनि क्षमता देखाउने अवसर पनि दिएको छ । यसरी मौका पाएर आएका नवप्रतिभाले देश–विदेशका नामुद क्रिकेटरभन्दा राम्रो खेलेर आफूलाई अब्बल प्रमाणित पनि गरिरहेका छन् । ट्यालेन्ट हन्टबाट आएर सुदीप अर्याल, वसन्त कार्कीलगायतले राम्रो खेलेका छन् । तर, यीमध्ये […]

कर्णाली याक्सको दोस्रो जीत, विराटनगर ७ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले दोस्रो जीत निकालेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न शनिबारको दोस्रो खेलमा विराटनगर किङ्सलाई हराउँदै कर्णाली याक्सले दोस्रो जीत दर्ता गराएको हो । यसअघि कर्णाली याक्सले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले हराउँदै पहिलो जीत निकालेको थियो । दोस्रो जीत हात पर्ने क्रममा शनिबार कर्णाली याक्सले सन्दीप […]

एनपीएलमा कर्णाली याक्सको पहिलो जीत

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले चितवन राइनोजलाई हराएको छ । आज भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हरायो । चितवनले दिएको १ सय ३१ रनको लक्ष्य कर्णालीले अन्तिम बल बाँकी छँदा ४ विकेट गुमाएर भेटायो । कर्णालीका शिखर धवनले ४५, चादविक वाल्टनलले ३० रन बनाए । चितवनका कप्तान कुशल मल्ल, जान निकोल लोफ्टी […]

अन्तिम २ ओभरमा ४३ रन जोडेपछि कर्णालीले दियो जनकपुरलाई १४२ रनको लक्ष्य

 नेपाल प्रिमियर लिग अन्तर्गत कर्णाली याक्सले जनकपुर बोल्टस्लाई १४२ रनको लक्ष्य दिएको छ । अर्जुन घर्ती र कप्तान सोमपाल कामीले अन्तिम दुई ओभरमा विष्फोटक ब्याटिङ गर्दै ४३ रन जोडेपछि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको हो । अर्जुनले १९औं ओभरमा २२ रन जोडे भने अन्तिम ओभरमा सोमपालले २१ रन जोडेका थिए । नेपालकै […]

कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ

नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी टोली कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपले साथ दिएको छ । कर्णालीको स्वामित्व रहेको हिमालयन बिल्डर्स प्रालि र महिन्द्रा अग्नि गु्रपबीच आज यहाँ आयोजित कार्यक्रमा कर्णालीका तर्फबाट अनर झनकदत्त खनाल र महिन्द्राका तर्फबाट उपाध्यक्ष वेदा सताषा श्रेष्ठले टोलीलाई मुख्य प्रायोजन गर्ने विषयको सम्झौतामा हस्ताक्षर गरे । कर्णालीको मार्की खेलाडीमा नेपाली […]

कर्णाली याक्समा अनुबन्ध ओमानका पूर्वकप्तान मक्सूद नेपाल आइपुगे

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली कर्णाली याक्समा अनुबन्ध भएका ओमानका पूर्वकप्तान जीशान मक्सूद नेपाल आइपुगेका छन् । मक्सूदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीका प्रतिनिधिले स्वागत गरेका थिए । ३७ वर्षीय ब्याटर मक्सूदले ७३ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार तीन सय ६९ रन बनाउनुका साथै ५१ विकेट लिएका छन् । यस्तै कर्णालीले अरू विदेशी खेलाडीमा विश्व […]

कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर र वेस्ट इन्डिजका वाल्टन नेपाल आइपुगे

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा नेपाली राष्ट्रिय टोलीका बलिङ अलराउन्डर सोमपाल कामी मार्की खेलाडी रहेको कर्णाली याक्सले चार जना विदेशी खेलाडी अनुबन्ध गरेको छ । कर्णाली याक्सले गएको हप्ता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको थियो […]

उपाधि दावेदारका रुपमा ‘कर्णाली याक्स’

प्रतियोगिता सञ्चालन हुन चार दिन मात्र बाँकी रहेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा कर्णाली याक्सलाई उपाधि दावेदारका रुपमा हेरिएको छ । पहिलोपटक आयोजना हुन लागेको उक्त प्रतियोगितामा कर्णाली याक्स हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने टोली कर्णाली याक्समा राष्ट्रिय क्रिकेट टोलीको अलराउण्डर सोमपाल कामी मार्की खेलाडीका रुपमा […]

कर्णाली याक्सको ‘युथ ब्रान्डएम्बेस्डर’मा सिसन बानियाँ

हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले मंगलबार सिसन बानियाँलाई ‘युथ ब्रान्डएम्बेस्डर’ नियुक्त गरेको छ । उनी नेपाली भ्लगिङ समुदाय र नेपाली सिनेमामा परिचित छन् । ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा […]

‘ट्यालेन्ट हन्ट’मार्फत कर्णाली याक्सलाई पाँच खेलाडी

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म नेपाल प्रिमियर लिग(एनपिएल) आयोजना हुँदै छ । एनपिएलका लागि कर्णाली याक्सले ‘ट्यालेन्ट हन्ट’मार्फत कर्णाली याक्सले भने पाँच खेलाडी छानेको छ । कर्णाली याक्सले मंगलबार कर्णालीको सुर्खेतमा आयोजना गरेएको छनोट कार्यक्रममा छानिएका पाँच जना उत्कृष्ट खेलाडीको नाम सार्वजनकि गरेको हो । कर्णालीले ‘ट्यालेन्ट हन्ट’बाट […]

ज्ञानेन्द्र मल्लको दाबी – एनपीएल कर्णाली याक्सले जित्छ

कर्णाली याक्सका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लले नेपाल प्रिमियम लिग (एनपीएल)को उपाधि जित्ने दाबी गरेका छन् । शुक्रबार कर्णाली प्रदेशको राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मल्लले एनपीएलको उपाधि कर्णाली याक्सले जित्ने दाबी गरेका हुन् । एनपीएल जितेर कर्णाली परिक्रमा गर्ने लक्ष्य आफूहरूको रहेको उनले बताए । उनले भने, ‘सिरिज जित्नेछौँ, फेरि कर्णालीमा आउनेछौँ, कर्णाली परिक्रमा गर्नेछौँ […]

कर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समा

हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले अक्सनबाट कर्णाली प्रदेशका तीन खेलाडी टोलीमा समावेश गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)को अक्सनबाट कर्णाली याक्सले १० खेलाडी खरिद गर्दा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै घरेलु क्रिकेट खेलिसकेका तीन खेलाडी टोलीमा समावेश गरेको हो । अर्जुन घर्ती, युनिशविक्रमसिंह ठकुरी र दीपेन्द्र रावत कर्णालीका हुन । अर्जुन ‘बी’ […]

कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल नियुक्त

कर्णाली याक्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । सोमबार क्लबको स्वामित्व लिएको हिमालयन बिल्डर्सले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली राष्ट्रिय क्रिकेट ‘ए’ टोली का प्रशिक्षकसमेत रहेका मल्ललाई टिममा भित्र्याएको हो । यसअघि नै हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले मार्की खेलाडीमा सोमपाल कामी पाएको छ । […]