२०८१ चैत्र ३
×

Now Playing

दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

दाङमा चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । उनीहरूको उपचार भइरहेको छ । उनीहरू एकै परिवारका हुन् । चट्याङ लागेर छोराको मृत्यु भएको र आमाछोरीको उपचार जारी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घोराही उपमहानगरपालिका वडा नं. ११ […]

चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु

चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दल बहादुर कार्कीको चट्याङ लागेर मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले जानकारी दिए । कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक भएको कालीमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल खत्रीले बताए । सार्वजनिक बिदाको दिन घर नजिकै गोठालो गएका […]

दैलेखमा चट्याङ पर्दा घरभित्रै रहेकी किशोरी घाइते

दैलेखेको ठाँटीकाँध गाउँपालिका–३ माझखर्कमा गएराति चट्याङ पर्दा घरभित्रै रहेकी एक किशोरी घाइते भएकि छन् । स्थानीय बासिन्दा राजबहादुर बुढाको घरमा चट्याङ परेर उनको १४ वर्षीया छोरी रमा घाइते भएकि हुन् । ठूलो पानीसँगै परेको चट्याङले कोठाभित्र सुतिरहेकी रमा घाइते भएको ठाँटीकाँध गाउँपालिका–३ का वडाध्यक्ष भरत बमले जानकारी दिए । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको […]

चट्याङ लागेर चार घाइते

कालीकोटको नरहरिनाथ गाउँपालिकाको –५ मा पर्ने लेकाली क्षेत्रमा चट्याङ लागेर चार जना घाइते भएका छन् । भेडीगोठमा लागेको चट्याङले चार जना गोठाला घाइते भएका हुन् । गोठमा रहेका एक सय ४१ भेडा बाख्रा पनि घाइते भएका छन् । चट्याङ लागेर घाइते हुनेमा नरहरिनाथ गाउँपालिका –७ का ३६ वर्षीय ऐनबहादुर बुढा, वर्ष १८ का गणेश बुढा, […]