हुलाक सेवामा बढ्न थाले सेवाग्राही

हुलाक मार्फत चिठ्ठी पत्र पठाउँदा तौलको आधारमा शुल्क लाग्छ । चिठ्ठीका लागि पहिलो २० ग्रामसम्म आठ रुपैयाँ शुल्क लाग्छ, त्यसपछि भने प्रत्येक २० ग्रामको पाँच रुपैयाँ तिर्नुपर्छ । तर किताव नै पठाउनेहरुका लागि भने हुलाकले डाँकसेवा शुल्कमा थप सुविधा दिएको छ ।