कैलालीमा धर्म परिवर्तन गराएको आरोपमा पास्टर पक्राउ

कैलालीमा सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीहरुलाई धर्म परिवर्तन गराएको आरोपमा चर्चका पास्टरलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई रहेको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले भट्टराईलाई धर्म परिवर्तन गराएको अभियोगमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए । उनका अनुसार धर्म परिवर्तन […]

कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले ५४९.२०० ग्राम सुन, नगद र अन्य सामग्रीसहित भारतको पलियाका ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित वर्मालाई नियन्त्रणमा लिएको हो । धनगढी उपमहानगरपालिका– ३ ट्राफिक चौराहमा शंका लागेपछि चेकजाँच गर्दा यूपी ३२ जेभी ९२०० नम्बरको मोटरसाइकलबाट सुन, ल्यापटप, मोबाइल, ४४ […]

विभिन्न हातहतियारसहित दुई जना पक्राउ

भिमदत्त नगरपालिका–९ कालीगाडा खोलाबाट भरूवा बन्दुक २ थान, बारूद २ प्याकेट, खुकुरी २ थान, बन्दुकको सिसा ३८ थान, फलामको टुक्रा २७ थान र बन्दुकको क्याप १२ थान सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका–९ टुडिखेल बस्ने ५३ वर्षीय गगन तरामी र ५५ वर्षीय प्रेम बहादुर धामी रहेका छन् […]

प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएका प्रसाई पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका प्रसाईंलाई प्रहरीले मंगलबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । यसअघि प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडियो कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका–१ बडहरा बस्ने ६४ वर्षीय काशिराम नेपाली रहेका छन् । नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवा र अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले […]

बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा होटल सञ्चालकसहित ६ जना पक्राउ

१२ वर्षीया बालिकालाई सामूहिक बलात्कारको आरोपमा होटल सञ्चालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँकेको कोहलपुर नगरपालिका–११ सुर्खेत रोडस्थित होटल यात्रीका सञ्चालक ४० वर्षीय बीरबहादुर बुढाथोकी, बाँकेको बैजनाथ गाउँपालिका–१ करेलीका १९ वर्षीय निशान रोकाया, सोही ठाउँका २४ वर्षीय डम्मरबहादुर रोकाया, सोही गाउँपालिका–१ गाबरका १९ वर्षीय निर्मल थापा, सोही ठाउँका १९ वर्षकै विजय […]

लागुऔषध कारोबारीलाई छुटाइदिने भन्दै रकम असुली गरेको आरोपमा एक जना पक्राउ

बाँकेमा लागुऔषधका कारोबारीलाई छुटाइदिने आश्वासनमा परिवारसँग रकम असुली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका–१५ का राजेन्द्रकुमार गुप्तालाई पक्राउ गरेको एसपी तुलबहादुर कार्कीले जानकारी दिए । उनले लागुऔषधका कारोबारीलाई छुटाइदिने भन्दै परिवारसँग तीन लाख ७० हजार भारतीय रुपैयाँ रकम लिएको खुलेको हो । त्यस रकममध्ये एक लाख […]

जुवा खेलेको आरोपमा ८ जना पक्राउ

जुवा खेलेको आरोपमा शुक्रबार तुलसीपुरमा आठ जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१५कोठरीस्थित चेतनारायण धितालको घरमा जुवा खेलिरहेको अबस्थामा १ लाख ७२ हजार ५ सय ८५ नगद्सहित आठ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा तुलसीपुर–१४ का ३० वर्षीय अनिल नेपाली, ४९ वर्षीय बल बहादुर बस्नेत, ४० वर्षीय मधुकर बस्नेत र रून्टीगढी गाउँपालिका–२ […]

सामुहिक करणी गरेको अभियोगमा चार जना पक्राउ

दाङमा १९ वर्षीय एक युवतीलाई सामुहिक बलात्कार गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार गढवा गाउँपालिका– ५ मंघरस्थित होमपाइप बनाउने कम्पनीको खाली घरमा बोलाएर युवतीलाई चार जनाले पालैपालो करणी गरेको अभियोगमा नियन्त्रणमा लिइएको दाङका प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले जानकारी दिए । १९ वर्षकी ती युवतीलाई सोही ठाउँका १९ वर्षीय किरण चौधरीले […]

नेपालगञ्जबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरबाट स्रोत नखुलेको नगद १६ लाख १० हजार २ सय ५५ नेपाली रुपैयाँ र ५९ हजार ५ सय भारतीय रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मोहम्मद हबिब सिद्दिकी र मोहम्मद कादिर सिद्दिकी रहेका छन् । मोहम्मद हबिबको घरमा अवैध हुण्डी कारोबार भइरहेको भन्ने सूचना प्राप्त […]

डोटीमा ३ युवकमाथि खुकुरी प्रहार, २ जना पक्राउ

डोटीमा धारिलो हतियार खुकुरी प्रहारबाट ३ युवक घाइते भएका छन् भने दुई जना पक्राउ परेका छन् । घाइते हुनेमा जिल्लाको जोरायल गाउँपालिका वडा न–४ काफली बस्ने २१ वर्षीय महेश बोहरा सोही ठाउँ बस्ने २१ वर्षीय युवराज बोहरा र सोही ठाउँका २१ वर्षीय किशोर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । महेश बोहरा […]

बाँकेमा ३४ तोला अवैध सुन बरामद, चार जना पक्राउ

बाँकेमा प्रहरीले ३४ तोला अवैध सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जबाट ३४ तोला अवैध सुन बरामद गरेको हो । विशेष सूचनाका आधारमा बाँके प्रहरीको टोलीले नेपालगञ्जको सुनारमण्डी र विपी चोकबाट ३४ तोला सुन र १० किलो चाँदी बरामद गरेको हो । बाँके प्रहरीका अनुसार सोमबार दिउँसो अवैधरुपमा राखिएको ३२ तोला सुन […]

अबैध काठ बोकेको बोलेरो जीपसहित एक जना पक्राउ

सुर्खेतमा अबैध गोलिया काठ बोकेको बोलेरो जीपसहित एक जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय सुर्खेत वीरेन्द्रनगरको गस्ती टोलीले वीरेन्द्रनगर–११, बाट अबैध गोलिया काठ बोकेको लु२च–२२३ नम्वरको बोलेरो जीपसहित काठ तस्करीमा संलग्न वीरेन्द्रनगर–२, फलाटेका धनिराम चौधरीलाई पक्राउ गरेको छ । गस्ती टोलीले चौधरीसहित बोलेरो जीप, मोटरसाइकल र ४९.७२ क्यूफिट गोलिया काठ नियन्त्रणमा लिएर आवश्यक […]