२०८१ चैत्र २
×

Now Playing

आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट

सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्मा बजेट वक्तव्य प्रस्तुत गर्दै कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१ दशमलव ३१ प्रतिशत पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड अर्थात् कूल विनियोजनको १८ दशमलव ९४ प्रतिशत […]

अर्थमन्त्री पुनद्वारा आव २०८१÷८२ को बजेट प्रस्तुति सुरु

अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुति सुरु गरेका छन् । यसअघि मंगलवार दिउँसो १ बजेका लागि निर्धारित संसदको संयुक्त वैठक दुई घण्टा पर अर्थात् अपराह्न ३ बजेका लागि सारिएको थियो । सहकारीको रकम हिनामिनाका सम्बन्धमा नेपाली कांग्रेसलगायतका प्रतिपक्षी दलले संसदीय छानबिन समिति […]

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१÷२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ । प्रतिनिधिसभाको आईतवारको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने जानकारी गराए । उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो […]

‘स्रोतसाधनको उपलब्धताका आधारमा योजना छनोट गरिनुपर्छ’

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने योजनाका विषयमा डोल्पाका जनप्रतिनिधिसँग छलफल गरेका छन् । उनले शनिवार डोल्पाका सबै पालिका प्रमुख, जिल्ला समन्वय समिति प्रमखलगायत सरोकार भएकाहरूसँग बजेटमा समेटनुपर्ने विषयवस्तुका विषयमा छलफल गरेका हुन् । त्यसक्रममा मन्त्री शाहीले अघिल्ला आर्थिक वर्षका सिकाइ, अनुभव र कमजोरीहरूलाई ध्यानमा राखी समग्र प्रदेशको विकासमा योगदान […]

लगामसम्म सडक कालोपत्रे गर्न साढे दुई अर्ब बढी बजेट

प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएसँगै पश्चिम सुर्खेतमा विकासका काममा पूर्व मन्त्री हृदयराम थानीले तीव्रता दिन थालेका छन् । गाउँघरमा आयोजना हुने साना तिना कार्यक्रम उद्घाटन गर्न भन्दा पनि काठमाडौंमै बसेर जनताका सपना पुरा गर्ने उद्देश्यका साथ विभिन्न मन्त्रालय तथा विभागहरुमा धाईरहेका थानीले पछिल्लो समयमा मदन भण्डारी राजमार्ग अन्र्तगत खम्वागाडेदेखि विद्यापुर हुँदै लगाम बजारसम्मको बाटो कालोपत्रे […]

बजेट अभावमा सुस्त निर्माण

संघीय सरकारले पर्याप्त बजेटको व्यवस्थापन नगर्दा उत्तरी मुलुक चीनको व्यापारिक नाकासँग जोडिएको गमगढी–नाकच्यालाग्ना सडकको ट्र्याक खोल्न ढिलाइ भएको छ । जिल्ला सदरमुकाम गमगढीदेखि चीनको सिमानासम्म ९१ किलोमिटर उक्त सडक निर्माण बजेट अभावमा सुस्त गतिमा छ । उक्त सडक परियोजना जुम्ला सडक डिभिजन कार्यालयको मातहतमा निर्माण भइरहेको छ । सडक डिभिजन कार्यालय जुम्लाका साइट इन्जिनियर वीरबहादुर […]

वीरेन्द्रनगरको बजेट एक अर्ब ४२ करोड

सुर्खेत, १० असार । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आगामी आर्थिक वर्षको लागि एक अर्ब ४२ करोड ९९ लाख ९१ हजार ८ सय २३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कार्यवहाक नगर प्रमुख मोहनमाया ढकालले बुधवार सातौं नगरसभामा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिकाको बजेटमा कृर्षि, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ […]

  • 1
  • 2