२०८१ चैत्र ३
×

Now Playing

बिजुलीको तारमा खानेपानी पाइप

जाजरकोट सदरमुकाम खलङ्गामा बिजुलीको तारमा खानेपानीको पाइप राखिएको छ । भेरी नगरपालिका–४ स्थित नेपाल बैङ्क लिमिटेडअगाडि सर्वसाधारणले खानेपानीको पाइप बिजुलीको तारमा डोरीले बाँधेर घर घरमा पानी ल्याएका छन् । नेपाल विद्युत् प्राधिकरण तथा सरोकारवाला निकायको बेवास्ताका कारण यस्तो समस्या भएको हो । विद्युत् प्रवाह भइरहेको पोलबाट तारमा बाँधेर घरमा पानी ल्याउनु ठुलो जोखिम निम्त्याउनु हो तर सरोकारवाला निकायले […]

भारतले नेपालबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने

भारतले नेपालबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारतले थप १२ वटा जलविद्युत् परियोजनाबाट २ सय ५१ मेगावाट बिजुली आयातको प्रस्ताव स्वीकृत गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यस्तै नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत बिजुली निर्यात गर्ने भएको छ । यसअघि भारतले ६ सय ९० मेगावाट […]

बड्डिचौरका स्थानीयको अवरोधले रोकियो विस्तारको काम

प्रदेश राजधानी वीरेन्द्रनगरका नागरिक केही महिना यता अनियमित बिजुलीका कारण हैरानी व्यहोर्न बाध्य छन् । छिनमै आउने र छिनमै जाने तथा बत्ती आएपनि भोल्टेज कम हुने समस्याले बैशाख–जेठको प्रचण्ड गर्मीको समयमा यहाँका नागरिक वर्षेनि भोल्टेजबाट आजित बनिरहेका छन् । तीन दशक पुरानो प्रशारण लाईनबाट वीरेन्द्रनगरमा प्रवाह हुने विद्युत र उपभोक्ताको संख्याबीच तालमेल नमिल्दा विशेष गरी […]

कालीकोटमा नौ स्थानीय तहमध्ये आठमा बिजुली

कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको छ । अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ । नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले जिल्लाका आठ स्थानीय तहमा विद्युत्को पहुँच विस्तार भएको जानकारी दिए । रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका र शुभकालिका […]