२०८१ चैत्र १
×

Now Playing

बाजुरामा जीप दुर्घटनाः दुई जनाको मृत्यु, तीन घाइते

बाजुराको मार्तडीमा आइतवार दिउँसो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने, ३ जना घाइते भएका छन् । मृतकमध्ये कञ्चनपुरको भीमदत्त नगरपालिका–१ की गायत्री भट्टको घटनास्थलमै मृत्यु भएको र राधिका भट्टको जिल्ला अस्पताल बाजुरामा मृत्यु घोषणा गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलिपकुमार गिरीका अनुसार, शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख […]

रोल्पामा पर्खाल भत्किएर पुरिँदा पाँच मजदुरको मृत्यु

रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आज पाँच मजदुरको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको […]

करेन्ट लागेर एक जनाको मृत्यु

शुभकालिका गाउँपालिका–४ का २६ वर्षीय विरेन्द्र चौलागाँइको सोमबार विहान करेन्ट लागेर मृत्यु भएको छ । सोमबार विहान ८ बजेको समयमा राराकाटियामा विद्युत मर्मतका लागि पोलमा चढेको समयमा करेन्ट लागेर मृत्यु भएको जिलला प्रहरी कार्यालयका प्रमुख डिएसपी टेकबहादुर रावतले जानकार दिएका छन् । उनका अनुसार जिल्ला प्रहरी कार्यालय,प्रहरी चौकी हाउडीको प्रहरी टाली दुर्घटनास्थलमा पुगि सकेको छ […]

जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

शिखर नगरपालिका– ८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका– १ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ डडेल्धुराबाट दिपायलतर्फ आइरहेको मोटरसाइकललाई जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउदको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजङ्ग अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको […]

मोटरसाइकलको ठक्करबाट शिशुको मृत्यु

प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको ज्यान गएको छ । ऐरावती गाउँपालिका–४ कैरनबाट प्युठान नगरपालिका–१ चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नं को मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा मल्लरानी गाउँपालिका–५ धुदी बस्ने सुजल भण्डारीको तीन महिनाको छोरा श्रीजल भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए । उनका अनुसार […]

बाजुराको भुका खोलामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

कर्णाली करिडोरको खुलालु–हिल्सा सडक खण्डअन्तर्गत बाजुराको भुका खोलामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ, भने एक घाइते भएका छन् । कालीकोटबाट जगन्नाथ–४ का जडीबुडी व्यापारी खड्क भण्डारीलाई पुर्याउन गएका सान्नीत्रिवेणी–८ मुम्राका २७ वर्षीय खेमराज बुढाको मोटरसाइकल दुर्घटना हुँदा बिहीबार घटनास्थलमै मृत्यु भएको हो । घटनास्थल कालीकोट र बाजुराको सिमाना नजिकै पर्छ । कर्णाली […]

अरिङ्गालको टोकाईबाट घाइते एकको मृत्यु

बडीमालिका नगरपालिकामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको छ । असोज २५ गते अरिङ्गालले टोकेर घाइते सोही नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो । भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताए । असोज २५ गते घरबाट करिब आधा […]

ढुङ्गाले च्यापिएर बालकको मृत्यु

रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–५ स्थित छारखोलामा एक बालकको मृत्यु भएको छ । डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबारा निवासी वीरचन्द्र डाँगीको छोरा ८ वर्षीय संस्कार डाँगीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार बाँफीकोट गाउँपालिका –५ स्थित छारखोलामा शनिबार खेल्न गएका बालक डाँगीको खोलामै ढुङ्गाले च्यापिएर मृत्यु भएको हो । खोलामा […]

कुवामा डुबेर दाङमा एकजनाको मृत्यु

कुवामा डुबेर एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आईतवार बिहान कुवामा डुबेर मृत्यु भएको हो । आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । चौधरीकी भाउजु आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेपछि प्रहरीलाई खबर […]

जङगली हात्तीको आक्रमणबाट मृत्यु

बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश चौधरीको जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ । गएराति नगरपालिकाको मैनाहामा दशैँनाच हेरी से४प ८६१८ नम्बरको मोटरसाइकलमा वडा नं ६ स्थित ढक्काचाँदरस्थित घरतर्फ जाँदै गरेका चौधरीलाई हात्तीले आक्रमण गरेको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए । वन क्षेत्रमा हात्ती कराएको आवाज सुनेपछि […]

गुर्भाकोट–७ मा माटो खन्ने क्रममा ढुङ्गाले च्यापिएर महिलाको मृत्यु

सुर्खेतको गुर्भाकोट नगरपालिका–७ मा घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापेर एकजना महिलाको मृत्यु भएको छ । बिहिवार बिहान गुर्भाकोट नगरपालिका ७ सानोठकेनीमा ३८ वर्षीया ज्योती वलीको मृत्यु भएको हो । दसैँको लागि घर नजिकै खोलाको छेउमा माटो खन्ने क्रममा माथिबाट आएको ढुङ्गाले च्यापेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक […]

दशैँका लागि घर सजावट गर्ने माटो खन्ने क्रममा पुरिएर २ जनाको मृत्यु

हुम्लामा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दक्षिण भेगमा पर्ने ताँजाकोट गाउँपालिका– ३ रामका २५ वर्षिय धुव्र शाही रउक्त ठाउँ की २४ वर्षकी मनसुरा शाही रहेकी जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । घरभन्दा आधा घण्टाको दुरीमा रहेको औलको सियाणी खोलामा माटो खन्न गएका उनीहरुको ढिस्कोले पुरिएर ज्यान गएको […]

उपचारका लागि दाङ हिँडेका वीरबहादुरको गाडीमै मृत्यु

गएको वैशाखमा रोल्पाको रुन्टीगढी गाउँपालिका–३ का वीरबहादुर घर्ती भनेर चिनिने काले घर्ती मजदुरीका लागि जाजरकोटको थलह गएका थिए । खोटो संकलन गर्ने मजदुरका रूपमा जाजरकोट गएका घर्तीलाई एक्कासि पेट दुख्ने समस्या देखा प¥यो । आइतबार खोटो संकलन गर्न जंगल गएका वीरबहादुरलाई सामान्य पेट दुख्ने समस्या देखा परेको थियो । निरन्तर पेट दुख्ने समस्या बढ्दै गएपछि […]