यार्सा खोज्नेक्रममा ज्यान गुमाएकाहरूका आश्रितलाई सहयोग

यार्सा खोज्न मुगुका विभिन्न पाटनमा पुगेका बेला लेक लागेर मृत्यु भएका व्यक्तिका परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । गैरसरकारी संस्था टेवाले यार्सा खोज्न गएका बेला बिरामी भएका २७ तथा ज्यान गुमाएका चारजनाका परिवारलाई दैनिक उपभोग्य सामग्रीका साथै लत्ताकपडा प्रदान गरेको हो । टेवाको मुगुस्थित साझेदार संस्था महिला अधिकार केन्द्रका अध्यक्ष सुकमाया शाहीका अनुसार ५० […]

यार्सा संकलन क्षेत्रमा खटाइयो : चिकित्सक र सुरक्षाकर्मीको टोली

मुगुको पाटन क्षेत्रमा औषधिसहित चिकित्सकहरुको टोली खटाइएको पाटन यार्सा टिप्न गएका संकलकहरु लेक लागेर बिरामी हुने र मृत्यु हुन लागेपछि जिल्लाबाट औषधिसहित चिकित्सकको टोली पाटन क्षेत्रमा पठाइएको हो । चिकित्सक कर्णराज भामको नेतृत्वमा औषधि र अक्सिजनसहित एक जना चिकित्सक र अन्य तीन जना स्वास्थ्यकर्मी गरी चार जनाको टोली यार्सा संकलन क्षेत्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी […]

लेक लागेर दुई जना यार्सा संकलकको मृत्यु

मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न गएका दुई पुरुषको लेक लागेर ज्यान गएको छ । मृत्यु हुनेमा मुगुको छायाँनाथ रारा नगरपालिका–१२ शोभा गाउँका २९ वर्षीय मुनबहादुर बुढा र कम्फा गाउँका २१ वर्षीय सोबान बुढाको यार्सा टिप्न ठूलो काइकी पाटन क्षेत्रमा जाँदा लेक लागेर शुक्रबार राति मृत्यु भएको मुगुम कार्मारोङ गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बलीराज बुढाले […]

पातारासी क्षेत्रका पाँच सय बढी विद्यार्थी पुगे यार्सा टिप्न

वर्षभरिको पढाइ र घर खर्च जुटाउन जुम्ला लगायत कर्णाली प्रदेशका विभिन्न जिल्लाका विद्यार्थी यति बेला बहुमूल्य जडीबुटी यार्सा खोज्न लेकतिर उक्लिएका छन् । यार्सा टिप्ने समय सुरु भएपछि जुम्ला, डोल्पा,कालिकोट, जाजरकोट, रुकुम र मुगु लगायतका जिल्लाबाट विद्यार्थी उनीहरू अभिभावकसँगै उच्च पहाडी क्षेत्रका पाटन गएपछि अधिकांश विद्यालयको नियमित पढाइ प्रभावित भएको छ । ऋमोक्ष माध्यमिक डिल्लीचौरका […]

मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा

यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने सङ्कलकहरुको सुरक्षाका लागि दुर्घटना बीमा गरिएको छ । यार्सागुम्बा पाइने पाटनअन्तर्गत मुगुम कार्मारोङ्ग गाउँपालिकाले सङ्कलकहरुको दुर्घटना बीमा गरेको हो । ठूलो सपना बोकेर पाटन पुगेका, जाँदै गरेका र फर्कने क्रममा पालिकाका सिमानाभित्र कोही घाइते भएमा उपचारमा सहयोग पुगोस् र कसैको मृत्यु भइहाले आश्रित परिवारलाई सहयोग पुगोस् भनेर गाउँपालिकाले आथिक […]

यार्सा सङ्कलन गर्न गएका युवाको हेलिकप्टर मार्फत उद्धार

यार्सागुम्बा सङ्कलनका लागि डोल्पा पाटनमा गएर अलपत्र परेका जुम्लाका युवाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । डोल्पाको साल्दाङ फोतगाउँ क्षेत्रमा अलपत्र परेर अस्वस्थ भएका पातारासी गाउँपालिका वडा नं.३ मोहरीगाउँका ओमप्रकाश बुढालाई उद्धार गरिएको हो । ओम प्रकाश सहित चार जना युवा अलपत्र परेपनि ओम प्रकाश बुढाको स्वास्थ्य अवस्था नाजुक भएको र एक हप्तादेखि बिरामी परेकोले […]

डोल्पामा जुम्लाका वेपत्ता युवाको हेलिकप्टरबाट उद्दार गरिँदै

जुम्ला दुई सांसदहरुको निजी सहयोग र समुदाय सहयोगले हेलिकप्टर रिजर्भ गरि डोल्पामा यार्सा टिप्न गएर बेपत्ता युवाहरुको उद्दार गरिदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले एक लाख २५ हजार र कर्णाली प्रदेशका सांसद देवेन्द्र बहादुर शाहीले २० हजार र स्थानीय समुदायको सात लाख सहयोगमा हेलिकप्टर रिजर्भ गरि उनीहरको उद्दार गरिने भएको हो । […]

पाटनमै ज्यान गुमाउँदै यार्सा संकलनकार्ता

बहुमुल्य जडिबुटी यार्सा संकलनका लागि जादा गतवर्ष वैशाख २२ गते जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका तीन जनाको मृत्यु भयो । भने सोही गाउँपालिका –३ का गतवर्ष वैशाख २५ गते एक जना बेपत्ता भए । पातारासी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर रावलका अनुसार मृत्यु हुनेमा वीर बहादुर बोहोरा,तारासिंह सार्की र पुर्ण सार्की हुन्। बेपत्ता […]

यार्सा संकलन गर्न गएका जुम्लाका चार युवा अलपत्र

हिमाली डोल्पा जिल्लाका पाटनहरुमा यार्सा संकलनका लागि गएका जुम्लाका चार जना युवाहरु अलपत्र परेका छन् । जुम्लाको पातारासी गाउँपालिका–३ का चार जना युवाहरु डोल्पाको साल्दाङ फोतगाउकक पासु क्याम्पमा अलपत्र परेको पातारासी गाउककपालिकाका कार्यवहाक अध्यक्ष दत्तबहादुर बुढाले बताए । उनका अनुसार पातारासी ३ मोहरीगाउककका ओमप्रकाश बुढा र जय बुढा, चौर गाउककका हिरालाल रावत र चन्नलाल रावत […]