२०८१ चैत्र ३
×

Now Playing

६ सय ग्राहकको विद्युत्को लाइन काटिँदै

विद्युत् महसुल नतिर्ने करिब ६ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो । जिल्लामा विद्युत् प्राधिकरणका ग्राहकबाट रु ८० लाख बढी बक्यौता रकम उठाउन बाँकी छ । केन्द्रका अनुुसार विद्युत महसुलबापतको रु ८० लाख ९९ हजार […]

कर्णालीमा शनिबार दिनभर विद्युत् अवरुद्ध

दशैँतिहारमा सहज सेवा दिने भन्दै कर्णाली प्रदेशमा शनिबार दिनभर विद्युत आपूर्ति बन्द गरिएको छ । कोहलपुरदेखि रामघाटसम्मको ३३ केभी प्रसारण लाइन मर्मत गर्नुपर्ने भएकाले दिउँसो ३ बजेसम्म कर्णाली प्रदेशको विद्युत् अवरुद्ध हुने विद्युत् प्राद्यिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ । यो लाइन बन्द भएपछि कोहलपुरबाट कर्णालीमा वितरण भएको सबै विद्युत् सेवा ठप्प हन्छ । १३२ […]

बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

वर्षा र चट्याङका कारण गत बुधबारदेखि यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । यहाँस्थित ३३ र ११ केभी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । विद्युत् सेवा नहुँदा दैनिक कामकाजका साथै सरकारी कार्यालयको सेवा प्रवाहमा पनि समस्या भएको छ । विद्युत् नहुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका गणेश विष्टले […]

तीन गुणा बढ्यो विद्युत् खपत

मुलुकबाट विद्युत्भार कटौती अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा) खपतमा उल्लेख्य वृद्धि भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ऊर्जा खपत तीन गुणा बढेको छ । आर्थिक वर्ष २०७२/७३ मा तीन ७२ करोड युनिट ऊर्जा खपत भएकामा गत आव २०८०/८१ मा १० अर्ब दुई करोड युनिट पुगेको छ । आठ वर्षको […]

ऊर्जामन्त्री बस्नेतको दाबी : दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत् थप हुन्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत् थप गर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौतामाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले दुई वर्षभित्रमा एक हजार मेघावाट विद्युत् सोलारबाट थप गर्ने बताएका हुन् । उनले सो सम्झौता राष्ट्रको हितमा भएको भन्दै राष्ट्रको […]

हिल्दुम विद्युत् वितरण केन्द्रले घटायो लोडसेडिङ

हुम्लाको हिल्दुम विद्युत् वितरण केन्द्रले लोडसेडिङको समय घटाएको छ । पानीको स्रोत बढेपछि लोडसेडिङको समय दैनिक सात घण्टा घटाइएको वितरण केन्द्रका प्रमुख नारायणप्रसाद कर्णले जानकारी दिए । विगतमा पानी अभावका कारण दैनिक १४ देखि १६ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो । चैतको अन्तिम सातादेखि हिउँ पग्लिएर पानी बढेपछि विद्युत् उत्पादनमा वृद्धि भएको उनको भनाइ छ […]

नहर भत्केपछि जुम्लामा विद्युत् आपूर्ति बन्द

जिल्लाकोे डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् उत्पादनका निम्ति जल प्रवाह हुने नहर पहिरोले भत्काएपछि बिजुली आपूर्ति बन्द भएको हो । पच्चीस मिटर नहर पहिरोले भत्काएको छ । विद्युत् सहकारीका अध्यक्ष कृष्णबहादुर बुढाले भने, “गत असारमा पहिरो गएपछि नहर चर्किएको थियो । त्यतिबेलादेखि नै नहर मर्मतको पहल भएको […]

दैनिक ११ घण्टा विद्युत् भार कटौतीले विद्यार्थी मर्कामा

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् । एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत् भार कटौतीले उनीहरु मारमा परेका हुन् । विद्यार्थीले साँझको समयमा पढ्न नपाएको गुनासो गरेका छन् । एसइई दिने विद्यार्थीलाई मात्रै नभएर अन्यलाई पनि घरमा गृहकार्य तथा लेख पढ गर्न […]

रुख कटान आदेश नहुँदा विद्युत् विस्तार अवरुद्ध

कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन विस्तारको काम पुनः अवरुद्ध भएको छ । मुआब्जा र वनको विवाद समाधान नहुँदा आयोजनाको काम ठप्प भएको हो । आयोजना प्रमुख रवि चौधरीका अनुसार विवादरहित क्षेत्रमा काम सकिए पनि निकुञ्ज क्षेत्रभित्रका रुख कटानको आदेश नहुँदा र स्थानीयको अवरोधका कारण काम रोकिएको हो । अहिलेसम्म २२ किलोमिटरसम्म तार तान्ने काम भइसकेको छ । ९५ […]