२०८१ चैत्र १
×

Now Playing

शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड

शे–फोक्सुण्डो गाउँपालिकाले खानेपानी, सिँचाइ, शौचालय, शिक्षा, स्वाथ्यलगायतका क्षेत्रलाई प्राथमिकता दिई बजेट व्यवस्था गरको छ । साल्दाङस्थित गाउँ कार्यपालिकाको कार्यालयमा यही मििङ्सर ९ र १० गते बसको १६औँ हिउँदे गाउँसभाले पालिकावासीको मागलाई सम्बोधन गर्नेगरी स्थानीय जनतासँग प्रत्यक्षरूपमा जोडिएका शिक्षा, स्वास्थ्य, खानेपानीलगातयका क्षेत्रलाई प्राथमिकता दिने निर्णय गरेको अध्यक्ष धावा सम्दुक गुरुङले जानकारी दिए । उनले स्थानीय पालिकाको […]

सम्पादकीय : शिक्षा बजेट कार्यान्वयनमा लापरवाही किन ?

कर्णाली प्रदेश सरकारले शिक्षामा न्यून बजेट छुट्याएको र त्यसैमा पनि काम नगरेर फ्रिज फाल्ने गरेको छ । सामाजिक विकास मन्त्रालयको लागि छुट्याएको कुल बजेटको जम्मा २१ प्रतिशत बजेट शिक्षाको लागि छुट्याएको भएतापनि त्यहि पनि काम नगरेर फिर्ता गरेका छन् । नमुना विद्यालय निर्माणका लागि भनेर छुट्याएको १४ करोड बजेट एक रुपैंया पनि खर्च नगरेर फिर्ता […]

उच्च शिक्षाका लागि स्वदेशमै अवसर उपलब्ध गराउन त्रिवि पदाधिकारीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्च शिक्षाका लागि देशमा नै अवसर प्रदान गर्नुपर्ने बताए । विश्वविद्यालयको मंगलवार भएको सिनेट बैठकमा प्रधानमन्त्री ओलीले समयको मागअनुसार अध्ययन–अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । उनले ठूलो सङ्ख्यामा विद्यार्थी विदेशिने क्रमलाई रोक्न स्वदेशमा नै गुणस्तरीय शिक्षामा आफूलाई केन्द्रित गर्न विश्वविद्यालयका पदाधिकारीहरुलाई […]

वर्षौँदेखि विद्यालय नै नगई तलब भत्ता बुझ्ने शिक्षक

शिक्षकहरू विद्यालय जाँदैनन् गए पनि विद्यार्थीलाई पढाउँदैनन् यो नेपालको शिक्षा क्षेत्रको विकृति हो । अधिकांश शिक्षकहरू राजनीति गर्छन् अनि ठुला नेताकै आशीर्वाद लिँदै शैक्षिक क्षेत्र डामाडोल बनाउँदै आएका छन् । कालिकोटको कालिका माध्यमिक विद्यालय पिली यसको एक उदाहरण हो । विद्यालयका प्रधानाध्यापक हंसबहादुर शाही विगत सात वर्षदेखि विद्यालयमा छैनन् । काठमाडौँमा बस्दै आएका छन् । […]

जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिन जोड

व्यक्तिको दैनिक तथा व्यावसायिक जीवनका लागि आवश्यक पर्ने व्यावहारिक सिपको लागि जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिन जोड दिइएको छ । नीतिमा शिक्षा, कार्यान्वयनको अवस्था र पत्रकारको भुमिका विषयक दुई दिने तालिममा शिक्षाक्षेत्रमा चिनाउन खोजिएको जीवनोपयोगी शिक्षाको विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । गुणस्तरीय शिक्षा भन्नेबित्तिकै शिक्षालाई उत्पादनमा जोड दिने शिक्षा भनेर परिभाषित गरेको पनि पाइन्छ । […]

त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी भइरहेको बताए । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँगको छलफलका क्रममा मन्त्री श्रेष्ठले समितिका लागि टिओआर (कार्य जिम्मेवारी) तयार भइसकेको जानकारी दिए । उनले भने, “त्रिविको सबै जग्गा छानबिन वा अध्ययन गरौँ […]

शिक्षामा रूपान्तरणका लागि साताव्यापी अभियान

शिक्षा अधिकार तथा सार्वजनिक शिक्षा रूपान्तरणका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले नेपालको सार्वजनिक शिक्षा सुधार गर्न अभियान सञ्चालन गर्ने भएको छ । एनसिईले काठमाडौँमा पत्रकार सम्मेलन गरी शिक्षाका लागि कार्य सप्ताहको आयोजना गर्न लागेको जानकारी गराएको हो । एनसिईका अध्यक्ष राजेन्द्र पहाडीले शिक्षा अभियान सङ्घ, प्रदेश तथा स्थानीय तहमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको […]

दलमा आवद्ध शिक्षकलाई कारबाही गर्नेबारे छलफल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई कारबाही गर्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच मंगलवार सिंहदरबारमा छलफल भएको छ । शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिएको, सक्रिय राजनीति गरेको विषयमा मन्त्रालयमा उजुरी प्राप्त भएको र प्रचलित कानुनले शिक्षकलाई राजनीति गर्नबाट बन्देज गरेकाले […]

शिक्षामा लगानी बढाउन प्रदेश र स्थानीय तहलाई शिक्षामन्त्रीको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रदेश र स्थानीय सरकारलाई शिक्षामा लगानी बढाउन आग्रह गरेकी छन् । आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमबारे छलफल भइरहेका बेला उनले प्रदेश र स्थानीय सरकारलाई शिक्षालाई प्राथमिकता दिएर बजेट ल्याउन ध्यानाकर्षण गराएकी हुन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री श्रेष्ठले शिक्षालाई निःशुल्क रुपमा उपलब्ध गराउने कुरा सङ्घीय […]

सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजी विद्यालयमा मापदण्ड लागू गर्न मन्त्रालयको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह गरेको छ । मन्त्रालयले वेवसाइटमार्फत सूचना प्रकाशन गरी सार्वजनिक विद्यालयमा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ को नियम ५ मा उल्लेख भए बमोजिम भर्ना शुल्क, मासिक पढाइ शुल्क, […]