स्याउका परिकार बनाउन सीप सिक्दै जुम्ली महिला
जुम्लालाई स्याउको उर्वर जिल्ला भनेर चिनिन्छ । हरेक वर्ष स्याउबाट किसानले मुनाफा गरिरहेका हुन्छन् । भदौ दोस्रो हप्तामा खान मिल्ने जुम्ली स्याउ नपाक्दै टिप्ने र बाहिर निर्यात हुँदा कयौं किसानको स्याउ खेर गइरहेको हुन्छ । यही विषयलाई मध्यनजर गरी स्याउबाट बन्ने जुस, जाम, सस,जेली,अचार र चाना उत्पादनमा जुम्लाका किसानहरु अहिलेबाट तयारी अवस्थामा रहेका छन् । […]