२०८१ चैत्र २
×

Now Playing

स्याउका परिकार बनाउन सीप सिक्दै जुम्ली महिला

जुम्लालाई स्याउको उर्वर जिल्ला भनेर चिनिन्छ । हरेक वर्ष स्याउबाट किसानले मुनाफा गरिरहेका हुन्छन् । भदौ दोस्रो हप्तामा खान मिल्ने जुम्ली स्याउ नपाक्दै टिप्ने र बाहिर निर्यात हुँदा कयौं किसानको स्याउ खेर गइरहेको हुन्छ । यही विषयलाई मध्यनजर गरी स्याउबाट बन्ने जुस, जाम, सस,जेली,अचार र चाना उत्पादनमा जुम्लाका किसानहरु अहिलेबाट तयारी अवस्थामा रहेका छन् । […]

लगानी अनुसारको प्रतिफल लिनै सक्दैनन्, कर्णालीका स्याउ उत्पादक किसान

जुम्लाको चन्दननाथ नगरपालिका–९, का किसान रतन रावतले स्थानीय र उन्नत फूजी जातका पाँच सय बोट स्याउको खेती गरिरहेका छन् । रावतले चालु आर्थिक वर्षमा आफ्नो बगैचाको स्याउ बेचेर तीन लाख रूपैयाँभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेका थिए । रावतले सोही अनुसार मेहनत र लगानी पनि गरे । तर, रावतले स्याउबाट एक लाख रुपैयाँ पनि आम्दानी […]

दसैँ–तिहारलाई कोसेली कर्णालीको स्याउ

कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ । आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगन्जवासीको रोजाइमा कर्णालीको स्याउ परेको छ । नेपालगन्जको धम्बोझीमा कर्णालीको स्याउ किन्दै गरेका बाँकेको खजुराका युवा व्यवसायी शतिश निरौलाले दसैँमा घरमा खान, पाहुनालाई प्रसाद […]

जुम्लाबाट ३८ करोडको स्याउ बाहिरियो

यो वर्षको अहिलेसम्म जुम्लाबाट ३८ करोड रुपैयाँबराबरको स्याउ बिक्री भएको छ । यस वर्ष यहाँ १४ हजार टन स्याउ उत्पादन हुने अनुमान गरिएको थियो । अहिलेसम्म ५ हजार आठ सय टन बाहिरी जिल्लामा निर्यात हुँदा ३८ करोड १० लाख रुपैयाँ जुम्लामा भित्रिएको छ । यो वर्ष ४० करोडबराबरको स्याउ उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाको […]

पाँच हजार ८ सय ६२ मेट्रिक टन स्याउ निर्यात

जुम्लाको सिंजा गाउँपालिका –५ गोरा गाउँका स्याउ किसान रामसिंह रावलले यस वर्ष ८ लाख रुपैया स्याउबाट आम्दानी गरे । उनको यस बर्ष स्याउ उत्पादन र बजारीकरण राम्रो भयो।रावलले अहिलेसम्म झण्डै ७० सय कार्टुन स्याउ बिक्री गरेको बताए । अझै साढे ३ सय काटुन बिक्री हुन बाँकी छ । उनी जस्तै दर्जनौं स्याउ किसानले लाखौ रुपैया […]

स्याउबाटै आर्थिक समृद्धि

जुम्ला चन्दननाथ नगरपालिका–८ निवासी स्याउ किसान धर्मसिंह कठायतले यस वर्ष आफूले साढे ६ लाख रुपैयाँ नगद स्याउबाट आम्दानी गरेको बताए । उनले यस वर्ष स्याउ उत्पादन र बजारीकरण राम्रो भएकाले खुसी पनि व्यक्त गरे । उनले झन्डै पाँच सय कार्टोन स्याउ बिक्री गरे । धर्मसिंह जस्तै सयौँ किसानले लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन् । कार्यालयले […]

गुणस्तरीय शिक्षा दिन विद्यालयमा स्याउ खेती

जुम्लाको हिमा गाउँपालिका–३ मा रहेको भैरव आधारभुत विद्यालय जोगिबाडाले शिक्षक पाल्न स्याउ खेती सुरु गरेको छ । पछिल्लो समयमा शिक्षकहरुको अभाव सिर्जना भइरहेको भन्दै कुनैपनि बेला निजी शिक्षक राख्न सकिने भएकोले स्याउ खेती सुरु गरिएको हो । स्याउ खेतीबाट प्राप्त आम्दानी निजी शिक्षक पाल्न खर्चिने विद्यालयको तयारी छ । विद्यालयले २०७० सालमा ५ सय स्याउका […]

जुम्ली स्याउको बजारीकरणमा सधै समस्या

जुम्लाको अर्गानिक स्याउको बजारीकरणमा समस्या देखिएको छ । विगतका वर्ष जस्तै जुम्लाको स्याउले सहजै बजार पाउन सकेका छैनन् । यस वर्ष स्याउकै सिजनमा लामो समयसम्म कर्णाली राजमार्ग अवरुद्ध हुनु र राज्यले बजार सुनिश्चित नगर्दा जुम्ली किसान तथा व्यापारी मर्कामा परेका छन् । जुम्लाको स्याउ विशेषगरी तीजलाई मध्यनजर गरी निर्यात गरिन्छ । तर यसवर्ष जुम्लाको स्याउ […]

डोल्पामा स्याउ महोत्सव

डोल्पामा उत्पादन भएको स्याउको बजारीकरण र प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको एक दिने स्याउ महोत्सव सम्पन्न भएको छ । कृषि विकास कार्यालय , प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन स्याउजोन कार्यालय र महादेव फलफूल बगैँचा उद्योग जिउँ डोल्पाको आयोजनामा एक दिने स्याउ महोत्सव सम्पन्न भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–३ जिउँ गाउँमा आयोजना गरिएको जिल्लास्तरीय महोत्सवमा जिउ […]

जुम्लाबाट ४० करोडको स्याउ निर्यात हुने अनुमान

यस वर्ष जुम्लाबाट ४० करोड रुपैयाँको स्याउ निर्यात हुने आँकलन गरिएको छ । गत वर्ष स्याउ निर्यातबाट जुम्लाले ५० करोड रुपैयाँ आम्दानी गरेको थियो । यस वर्ष उत्पादन करिब ३ हजार टन घट्दा आम्दानी पनि १० करोड रुपैयाँले घट्ने देखिएको हो । जुम्लाको आर्थिक समृद्धि र किसानको जीविकोपार्जनको मुख्य स्रोत स्याउको निर्यात रहेको छ । […]

राताम्य जुम्लीका स्याउ बगैंचा

जुम्लाको गुठिचौर गाउँपालिका–४ उखाडी गाउँका रामाकान्त पाण्डेको स्याउ बगैंचा राताम्य छ । अहिले उनको बगैंचामा लगभग ८ सय भन्दा स्याउका बिरुवा छन् । अहिले ४ सय बिरुवाले फल दिन्छन् । स्याउ पाकेसँगै बारी राताम्य भएपछि पाण्डे निकै खुसी छन् । मष्ठ माणु कृषि तथा स्याउ फार्म खोलेर उनले २०५३ साल देखि स्याउ खेती सुरु गरेका थिए […]

कालिकोटका किसान प्रतिकिलो ५० मा स्याउ बेच्दै

कालीकोटमा किसानले बारीबाटै ५० मा प्रतिकिलो स्याउ बिक्री गर्न थालेका छन् । साउनको तेस्रो साता लागेसँगै किसानले स्याउ टिपेर बिक्री गर्न सुरु भएका हुन् । जिल्लामा सबैभन्दा बढी स्याउ उत्पादन हुने तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाका किसान स्याउ टिप्न व्यस्त हुन थालेका तिलागुफा–१ का रजबहादुर बुढाले बताए । “नगरपालिकाले साउन २० गतेदेखि स्याउ टिप्न किसानलाई […]

रहर होइन,बाध्यता हो : स्याउ टिप्न सिमला हिड्नु

जुम्लाको सिंजा गाउँपालिका–६ का भिमबहादुर रावतलाई दुई साताअघि फोन आयो– ‘स्याउ पाक्न लाग्यो, टिप्ने बेला भो, छिटो आउनुप¥यो ।’ उक्त फोन थियोे।भारतको सिमलास्थित स्याउ बगानका मालिकको थियो । रावत साउन महिनाको ३ गते १० जना अरू कामदारसहित नेपालगन्जको रुपडिया नाका हुँदै स्याउ टिप्न सिमलातिर लागे । उनीसँग कर्णाली प्रदेश भित्र विभिन्न जिल्ला र अन्य विभित्र जिल्लाका कामदार […]