३५ किलो चित्तलको आलो मासुसहित चार जना पक्राउ
बर्दिया : ३५ किलो चित्तलको मासुसहित बर्दिया निकुञ्जको टोलीले ४ जनालाई पक्राउ गरेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज डल्ला पोष्टबाट खटिएको नेपाली सेनाको गस्ती टोलीले उनीहरूलाई समातेको हो। उनीहरूको साथबाट निकुञ्जको टोलीले चित्तलको आलो मासु र मासु ल्याउन प्रयोग भएको साइकलसमेत बरामद गरेको बर्दिया राष्ट्रिय निकुञ्ज सहायक संरक्षण अधिकृत असीम थापाले जानकारी दिए। पक्राउ पर्नेमा मधुवन […]