वडासचिव माथि कुटपिट गर्ने व्यक्ति पक्राउ

जन्मदर्ता प्रमाणपत्र बनाउने प्रक्रियामा झण्झट थपेको भन्दै वडासचिव माथि कुटपिट र दुव्र्यवहार गर्ने व्यक्ति पक्राउ परेका छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ वडासचिव गोपीप्रसाद जैसीलाई दुव्र्यवहार गरेको आरोप सो वडाका बासिन्दा २३ वर्षीय हिक्मत शाही ठकुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक सत्यनारायण चौधरीले जानकारी दिए । ‘२३ वर्षको युवकले यतिबेलासम्म किन जन्मदर्ता नबनाएको वा […]

सुतली बम पड्काएर भाग्ने क्रममा दुई जना पक्राउ

घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए । प्रहरी प्रवक्ता तिमल्सिनाले मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले बम फालेर भाग्दै गर्दा […]

१३ वर्षीय बालिकालाई जबरजस्ती करणी, तीन जना पक्राउ

१३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका–१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन् । उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका–१ चौरजहारी बजारस्थित होटेलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी […]

सल्यानमा सामुहिक वलात्कारका दुई आरोपित पक्राउ

“सल्याना नाबालक छोरा सहित माइतीघरमा सुतेकी महिलामाथि मध्यरातमा सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ परेका छन् । सल्यानमा नाबालक छोरा सहितकी एक महिलालाई सामूहिक बलात्कार गर्ने मध्येका दुई जना पक्राउ परेका छन् । अर्का एक जना फरार छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं. १ बुरेली स्थित माइतीघरमा सुतेकी २३ वर्षीय महिलामाथि सामूहिक बलात्कार […]

कस्तुरीको विनासहित हुम्लाका कन्जोक पक्राउ

हुम्ला प्रहरीले एक जनालाई कस्तुरीको विनासहित नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नाम्खा गाउँपालिका–२ का कन्जोक तामाङ रहेका छन् । उनलाई हुम्लाको सिमकोट गाउँपालिका–६ स्थित तामाङ उनकै घरबाट ३ सय ४९ ग्राम कस्तुरीको विनासहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले बताए । उनका अनुसार बुधबार पक्राउ गरेको हो । […]

लागू औषधको रुपमा प्रयोग गर्न ल्याएको ९० क्याप्सुल सहित तीनजना पक्राउ

लागू औषधको रुपमा प्रयोग गर्नका लागि दाङबाट ल्याएको ९० वटा क्याप्सुल सहित ३ जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ । दाङबाट जीपमा लागू औषध ल्याउने चालक तथा उक्त लागू औषध मगाउने दुई जनालाई सल्यानको त्रिवेणी गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुधबार दिउँसो दाङको तुलसीपुरदेखि जयचौर जाने रा १ ज ५०८ […]

गाउँ लुटने समूह एकमहिना पछि पक्राउ, लुटेरालाई मुगु प्रहरीद्वारा सार्वजनिक

बिमल हमाल। गाउँ र यार्सा लुटदै हिडने लुटेरा समुहलाइ नेपाल प्रहरिले अत्याधुनिक हतियारसहित पक्राउ गरि सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गरि जिल्ला प्रहरि कार्यालय मुगुले लुटेर समुहमा संलग्न ३ जनालाइ सार्वजनिक गरेको हो । जुम्लाको पातारासी गाउँपालिका–३ महरीगाउँको चनेलेख नजिकको पाटनबाट अत्याधुनिक हतियारसहित प्रहरीले ६ जना पक्राउ गरेको थियो । पक्राउ परेका ६ जना […]

हत्या आरोपमा शिक्षिका सहित तीनजना पक्राउ

तीन दिनदेखि बेपत्ता रहेका बैतडीको पाटन नगरपालिका–०६ का ५१ बर्षीय बिरभान सिंह बिष्टको शव पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत घाङल खोलामा भेटिएको छ । शव प्लाष्टिकले बेरेको अवस्थामा सोमबार दिउँसो सवा दुई बजे फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, डिएसपी दीपक गिरीले जानकारी दिए । बिष्ट असार १ गते शनिबार देखी सम्पर्क विहीन रहेका थिए । […]

डेढ वर्षकी छोरीलाई पासो लगाएर मार्न खोज्ने आमा पक्राउ

आफैंले जन्म दिएको सन्तानलाई सलले पासो लगाएर मार्न खोजेको आरोपमा रुकुम पश्चिममा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नी डेढ वर्षकी छोरीलाई पासो लगाउने मुसिकोट नगरपालिका वडा नम्बर १४ लोरिबाङकी अन्दाजी २१ वर्षीया नन्दकली विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार नन्दकलीले मंगलबार आफ्नी […]

लागु औषध (चरेश) मुद्दाका फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले लागु औषध (चरेश) मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जुम्लाको तिला गाउँपालिका –७ का अन्दाजी वर्ष ३६ का हरिवहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको हो । लागु औषध (चरेश) मुद्दाका फरार प्रतिवादी रोकायालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जिल्ला अदालत जुम्लाको फैसला कार्यान्वयन अन्तर्गत अदालबाट कैद […]

भतिजीमाथि पटकपटक बलात्कार, गर्भ बसेपछि ढुंगा हानेर हत्या

आफ्नै भतिजीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बैतडीमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पुचौँडी नगरपालिकाका ४ का ३० वर्षीय युवक रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । १७ वर्षीया बालिकालाई हाडनाता करणी गरी हत्या गरेको आरोपमा उनलाई वैशाख ३ गते इलाका प्रहरी कार्यालय, पाटनका इन्सपेक्टर सरोजकुमार ठकुराठीको नेतृत्वमा […]

डोल्पामा संरक्षित वन्यजन्तु झारल काट्दै गरेको अवस्थामा एक जना पक्राउ

डोल्पामा संरक्षित वन्यजन्तु झारल काट्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । त्रिपुरासुन्दरी नगरपालिका–९ का ३६ वर्षीया लक्ष्मी नारायण पुनलाई झारल काटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पुनलाई प्रहरी चौकी त्रिपुराकोटबाट प्रहरी नायव निरीक्षक रमेश सिंह ठकुरीको नेतृत्वमा गएको टोलीले खुकुरीसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी […]

मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

वीरेन्द्रनगरमा मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका–८, का नचिन चन्द र सप्तरीको कन्चनपुर नगरपालिका–४, का देवा सारदार रहेका छन् । उनीहरूले वीरेन्द्रनगर नगरपालिका–३, का सूर्यबहादुर बस्नेतको घरमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेका थिए । आइतबार राती चोरी गरेका उनीहरूलाई वीरेन्द्रनगर नगरपालिका–३ को तातापानीबाट पक्राउ गरिएको […]